तुलसीपुर, १८ फागुन (रासस) :कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हे¥यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका ती हजारौँ ढुङ्गा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुङ्गा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’...