न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कांग्रेस महासमिति बैठक : आजदेखि बन्दसत्र
नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् । मुख्यसचिव पौडेलका अनुसार, बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव,...
कर्णालीमा खाद्यान्नको चरम अभाव
कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले...
वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चिकालीन निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गर्दै, सोमबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नहुन्जले सम्म वीरगञ्ज क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन । रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सृजना भएकाले निषेधाज्ञा...
कार्यकर्ताको भावना बुझेर निर्णय गर्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताएका छन । नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले पार्टी भनेकै घर भएको उल्लेख गरेका हुन । महामन्त्री थापाले भने, “पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो ।” पार्टीभित्र गुटको...
ललिता निवासको फैसला सुनाउने तयारी
विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिना सम्बन्धी मुद्दाको फैसला बुधवार तयार भई नसकेको हुनाले भोलि सुनाउने तयारी भएको हो । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा...
‘अर्को विश्व सम्भव छ’ सम्मेलन आजदेखि 
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन...
कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सुपप्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन ।...
नेपालको ‘तराई भू–परिधि’ विश्व सूचीमा समावेश
नेपालको तराई भू–परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ । ‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले नेपालको तराई भू–परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई सो सूचीमा समावेश गरेको हो । नेपालको तराई भू–परिधिसहित ‘मनग्रोभ रिजेनेरेसन इन श्रीलङ्का, अफ्रिकन फार्मर ट्रान्सफरमिङ फुड सिष्टम (माली,...
सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन । मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताएका हुन । सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो । आफू प्रधानमन्त्री...
आज वसन्त पञ्चमी
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी...