न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

नेपालले ¥याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन
नारायण न्यौपाने काठमाडौँ, ५ चैत (रासस) : युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् ¥याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ । साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको...
विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल
काठमाडौँ, ५ चैत (रासस) ः संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ...
लेखनाथ महोत्सवमा दुई करोड ६५ लाख कारोबार
लेखनाथ, ४ चैत । केही दिन यता दिउँसो गर्मी बढ्दै जाँदा लेखनाथ महोत्सवमा भने दर्शकको रौनक बढ्दै गएको छ । ख्यातीप्राप्त कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रम हुँदा गर्मीको वेवास्ता गर्दै दर्शकहरुको महोत्सव स्थलमा आकर्षण बढेको हो । दैनिक उपभोग्य वस्तु देखी बालबालिकाको लागि मनोरञ्जनका सामाग्री एवं रेष्टुरेण्टहरुका परिकारमा परिवारै झुम्मिएको देखिन्छ । दिनभरीको मनोरञ्जन पछि दर्शकहरु...
देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा
रमेश लम्साल काठमाडौँ, ३ चैत (रासस) : जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा पुग्छ । पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि...
आंशिकदेखि सामान्य बदलीको सम्भावना
काठमाडौँ, चैत ३ (रासस) बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको हो । देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुनसक्ने असरबाट...
दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु
चितवन, ३ चैत (रासस) :दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो । निकुञ्जभित्र...
गोली लागेर एकको मृत्यु
डडेल्धुरा, २ चैत (रासस) :यहाँ गोली लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा...
घट्यो सुनको मूल्य
काठमाडौँ, २ चैत (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार...
नेपाल–युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत
काठमाडौँ, २ चैत (रासस) :नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा युएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप...
लाहाचोकमा माछापुच्छे कपको तयारी पूरा
हेमजा, १ चैत । माछापुच्छे गाउँपालिका–४, लाहाचोकस्थित माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लवको आयोजनामा चैत ३ गतेदेखि ६ गतेसम्म हुने प्रथम माछापुच्छे« कप – २०७८ को तयारी पूरा भएको छ। आयोजक क्लवले लाहाचोकमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो । क्लव अध्यक्ष बासुदेव ढकालले प्रतियोगितामा ८ समूहको सहभागिता रहने जानकारी दिनुभयो । क्लवका सल्लाहकार...
आगलागीबाट सावधानी अपनाउन आग्रह
काठमाडौँ, २ चैत (रासस) ःनेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी...
गाईको शोकमा किरिया …
रत्ननगर, १ चैत (रासस) :आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बस्नुभएको हो । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि...