न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट
नेपाल टेलिकमले छ महिनाभित्र ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सेवा सञ्चालनका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिएका छन । निरौलाले भने, “टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलमा निःशुल्क वाइफाइ...
मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा
नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ...
स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडाकेशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन । त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरुलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी...
नेपाल टेलिकमद्वारा निः शुल्क इन्टरनेट सेवा
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको टेलिकमले विज्ञप्ति मार्फत जनाएको छ । सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन । सहमतिअनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय...
‘मिटरब्याज पीडित न्याय मार्च गर्दै काठमाडौमा
देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च) गर्दै काठमाडौ पुगेका मिटरब्याज पीडितले शुक्रबार भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितका समस्या समाधान गर्न कानुन संशोधन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको र पीडितले न्याय पाउन नसकेको भन्दै उनीहरु २३ दिनको लामो ‘न्याय मार्च’ गरेर काठमाडौँ आएका हुन् । मुलुकी संहितासम्बन्धी ‘केही नेपाल ऐन’लाई संशोधन गर्ने विधेयकमार्फत् गत...
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता भएको हो । विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन । साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा...
एमसीसी कार्यान्वयनको छ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित
मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब छ महिना पुग्न लाग्यो । एमसीसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गइसकेको छ । परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको छ महिना बितिसक्दा पनि प्रारम्भिक चरणका कामसमेत टुङ्गिएका छैनन् । मिलेनियम च्यालेन्ज...
बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड अनुदान
संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गारउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन् । अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो । नेपालको भ्रमणमा रहनुभएका अफ्रिकाका निम्ति बेलायतका विकास...
बैङ्किङ क्षेत्रप्रति दुष्प्रचार नगर्न राष्ट्र बैङ्कको आग्रह
नेपाल राष्ट्र बैङ्कले बैङ्किङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडि नलाग्न सबैमा आग्रह गरेको छ । केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैङ्किङ कारोबार गर्न अनुरोध गरेको छ । “नेपाल राष्ट्र बङ्कबाट इजाजतपत्र प्राप्त गरी यस बैङ्कको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैङ्क...
पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’
गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौथो संस्करण पोखरा–१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रोफेसनल गल्फ सङ्घले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा ३५ ‘प्रोफेसनल’ र १५ ‘एमेच्योर’ गरी ५० खेलाडीले...