न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

दलको चुनाव चिन्ह निर्धारण
काठमाडौँ, ४ वैशाख (रासस)ःदेशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ । निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा छ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो । उक्त निर्वाचनमा नेकपा (एमाले)लाई ३१...
निर्वाचनमा आवश्यकता अनुसार तालमेल : महामन्त्री शर्मा
काठमाडौँ, ३ वैशाख (रासस) :नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताउनुभयो । “संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई...
घाँस काट्न गएकी महिला मृत फेला
जलेश्वर, ३ वैशाख (रासस) ःमहोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा...
युवतीको मृत्युपछि तिलोत्तमा अशान्त
रुपन्देही, ३ वैशाख (रासस)ःगत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । परिवारका सदस्यले नै हत्या गरेको आरोप...
लिखत पारितको एक सय वर्ष, तीन दिवसीय कार्यक्रम, सेवाग्राहीलाई सम्मान
पोखरा, ३ वैशाख । जमीनको हक हस्तान्तरण शुरु भएको एक सय वर्ष पुगेको अवसरमा लिखत पारित शतवार्षिकि गरी पोखरामा तीन दिवसीय कार्यक्रम सञ्चालन गरिएको छ । मालपोत कार्यालय कास्कीले तीन दिवसीय कार्यक्रम अन्तर्गत चैत ३० गते कार्यालय सरसफाई, वैशाख १ गते मूल समारोह कार्यक्रम गरेको कार्यालय प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो...
खप्तडी बस्नेत सेवा समितिको शुभकामना
पोखरा, ३ वैशाख । पोखरा महानगरपालिका वडा नं २० मा नव वर्ष – २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ । खप्तडी बस्नेत सेवा समितिले कार्यक्रम गरेको हो । कार्यक्रममा समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।
बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द
म्याग्दी, ३ वैशाख (रासस) :म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला...
नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण
–रमेश गिरी भक्तपुर, २ वैशाख (रासस) ः मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि त्यहाँको अधिकांश क्षेत्रमा मानिसको भीड बढ्यो । बिस्केट जात्रामा मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिस खचाखच भए । बासको चिम्टी बजाउँदै एक...
एक वर्षमा ३६० को मृत्यु
चितवन, २ वैशाख (रासस) :विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।...
हर्षोल्लासपूर्वक मनाइयो नयाँ वर्ष २०७९ को पहिलो दिन
काठमाडौँ, १ वैशाख (रासस) ःआज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको...