न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
भिष्मराज ओझा काठमाडौँ, २७ वैशाख (रासस) : विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ । रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा ९रेटिना०बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा...
नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप
रोल्पा, २७ वैशाख (रासस) :रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त...
‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’
काठमाडौँ, २७ वैशाख (रासस) :यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म...
बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुदैन ः प्रधानमन्त्री देउवा
सुदूरपश्चिम, २६ वैशाख (रासस) ःनेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताउनुभएको छ । धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताउनुभएको हो । चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका...
चारदिनका लागि सेवा स्थगित
पर्वत, २६ वैशाख (रासस) ःआसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ । निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ । नागरिकता, नाबालक, राष्ट्रिय...
राँगाले हान्दा मृत्यु
लमजुङ, २६ वैशाख (रासस) ःसुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले...
हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड
काठमाडौँ, २५ फागुन ९रासस० ःबक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गर्नुभएको छ । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल हुनुभएको हो । जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ...
सबै आन्तरिक उडान बन्द हुने
काठमाडौँ, २५ वैशाख (रासस) :वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द...
१७ वर्षकी लालसरी आठ वर्षदेखि ओछ्यानमै
रोल्पा, २५ वैशाख (रासस) ःरोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो । नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भइन् । ऋमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो । अपाङ्गता भएको बुवाको...
मतदाता शिक्षाको अभावः नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर
कर्णाली, २५ वैशाख (रासस):आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले...
निर्वाचनको ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउने आयोगको निर्णय
काठमाडौँ, २२ वैशाख (रासस) ःनिर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाएको छ । आयोगको बिहीबारको बैठकले वैशाख...