न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौँ, २९ असार (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० छ ।...
मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
गोदावरी, २९ असार (रासस) :कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको...
के हुँदैछ काँग्रेस बैठकमा ?
काठमाडौँ, २८ असार (रासस) : नेपाली कांग्रेसको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको हो । सो प्रस्तावउपर सामान्य सुझाव आएको र छलफलपश्चात् पारित हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति...
पोखरीमा डुबेर दुईको मृत्यु
राजविराज, २८ असार (रासस) ः सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ । अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी स्थानीय जीवन सदाको १३ वर्षीय छोरी सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ...
भोलि सार्वजनिक बिदा
दमौली, २८ असार (रासस) ःआदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो...
डेङ्गु भेटियो
गलकोट, २८ असार (रासस):बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र...
पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढ्यो
काठमाडौँ, २७ असार (रासस) : पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप अत्यधिक बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ९.२८ प्रतिशतले वृद्धि भएको उल्लेख छ । केन्द्रीय बैंकका अनुसार तराईमा पनि मूल्य वृद्धिको उत्तिकै चाप परेको पाइएको छ । तराईमा ८.२९ प्रतिशत बराबरको उपभोक्ता...
पूर्वप्रधानमन्त्री भट्टराईको शालिक शिलान्यास
काठमाडौँ, २७ असार (रासस) : गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक बन्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आयोजित कार्यक्रममा सो शालिकको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा मन्त्रालयका सचिव ई मणिराम गेलाललगायतको उपस्थिति रहेको थियो ।
‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई
गण्डकी, २७ असार (रासस) ः गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई प्रदान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज पोखरामा आयोजित एक कार्यक्रममा पुनलाई उक्त सम्मान गर्नुभएको हो । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने घोषणा गत फागुन ४ मा गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख गुरुङले ग्रामीण...
उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक पारित
काठमाडौँ, २७ असार (रासस)ः काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा पारित गरिएको छ । सदनमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सदनमा सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयकमाथिको दफाबार...