न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

श्री कृष्ण प्रणामी मन्दिरमा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा शुरु
पोखरा, २ साउन । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम शुरु भएको छ । कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले...
राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ
चितवन, २ साउन (रासस) राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो । डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ । यस्तै...
शिवालयमा बिहानैदेखि चहलपहल
बागलुङ, २ साउन (रासस) ः आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी...
दश वस्तुको आयात प्रतिबन्ध निरन्तर
काठमाडौँ, १ साउन (रासस) : सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक),...
राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको नयाँ कार्यसमिति चयन
पोखरा, १ साउन । राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको ११ औं साधारणसभा तथा ५ औं अधिवेशनले शोभा आचार्यको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिलमाया गुरुङ, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षममा धना पौडेल र सहसचिवमा कृष्णाकुमारी सुवेदी रहनु भएको छ। समितिको सदस्यहरुमा विष्णुमाया पौडेल, गीता भण्डारी, सावित्री पराजुली, लेखमाया थापा, डिलकुमारी...
सिन्धुपाल्चोकको गोल्छे केन्द्रविन्दू भएर भूकम्प
काठमाडौँ, ३२ असार (रासस) : सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रमको प्रचार गर्दै मोटरसाइकल ¥याली
पोखरा, ३२ असार । पोखरामा हुन लागेको श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रमको प्रचारप्रसार गर्दै शनिवार मोटरसाइकल ¥याली निकालिएको छ । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा कार्यक्रम हुन लागेको हो । मन्दिर प्राङ्गणबाट सुरु भएको मोटरसाइकल ¥यालीले एयरपोर्ट, मुस्ताङचोक, राष्ट्र बैंक चोक, रत्न चोक, सृजना चोक, पृथ्वी चोक,...
चिकित्सा शिक्षाको शुल्क वृद्धि
काठमाडौँ, ३२ असार (रासस) : राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८÷७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताउनुभयो । उहाँले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको...
कर्मचारी युनियन र कास्की काँग्रेसका पदाधिकारीबीच छलफल
पोखरा, ३२ असार । नेपाल निजामती कर्मचारी युनियन कास्कीले शनिवार नेपाली काँग्रेसका पदाधिकारीहरुसँग छलफल, भेटघाट तथा अन्तरक्रिया गरेको छ । कार्यक्रममा कर्मचारीका अगुवा नेता र कास्की काँग्रेसका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी र कर्मचारीबीचको सहकार्य बढाउने उद्देश्यले कार्यक्रम गरिएको युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले जनताको...