न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रहरी र स्थानीयवासीका बीचमा झडप ः आठ प्रहरी घाइते
रसुवा, ३० साउन (साउन) ःउत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् ।...
पोखराका विद्यालयलाई स्थानीय विदा
पोखरा, २९ साउन । पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुलाई साउन ३१ गते स्थानीय विदा दिइएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले आज सूचना प्रकाशित गरी सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीलाई साउन ३१ गते स्थानीय विदा दिएको जनाएको हो। महाशाखा निर्देशक हेम प्रसाद आचार्यलले सूचना प्रकाशित गरी सो दिन तमु(गुरुङ) समुदायले मनाउने ट्होटे पर्व परेकाले आफैले...
पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु
कर्णाली, २९ साउन (रासस)ःडोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३स्थित जिउभन्ने स्थानमा एक स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी...
साढे चार दशकदेखिको सपना साढे चार महिनामा पूरा हुँदै
–वासुदेव पौडेल÷कृष्ण दवाडी गण्डकी, २९ साउन (रासस) ः पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछन् । घोषित योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्याण्डफिल साइटलगायतका केही काम सम्पन्न भएमा आगामी सन् २०२३ को जनवरी...
कास्कीमा थपिए ११ हजार मतदाता
कास्की,२९ साउन(रासस) :आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार महिनादेखि सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार सात सय ६४ र पुरुष पाँच हजार तीन सय ७८ नयाँ मतदाता थपिएका...
फोहरका कारण मुख्य प्रवेशद्वार नै बन्द
– शर्मिला पाठक काठमाडौँ, २८ साउन (रासस) ः नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट...
प्रहरीको गाडी दुर्घटना, दुई डिएसपीसहित पाँच घाइते
रुकुम (पूर्व), २८ साउन (रासस):रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो...
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
बैतडी, २८ साउन (रासस)ःमहाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई...
इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो
चितवन, २८ साउन (रासस)ःपृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए...
मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व
काठमाडौँ, २७ साउन (रासस) ःश्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत–जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई ‘श्रावणी’ स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले...