न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

रुघाखोकी र ज्वरोको प्रकोप
टीकापुर, २ भदौ (रासस) :कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चालाई निको हुन छ...
जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु , नौ जना घाइते
दार्चुला, १ भदौ (रासस) :दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी,...
बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…
बैतडी, १ भदौ (रासस) :बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उहाँले भन्नुभयो, “चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि...
कास्कीकोटमा दहीको होलीको तयारी
पोखरा, १ भदौं । श्रीकृष्ण जन्माष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको हाली खेलीने भएको छ । यही भाद्र ४ गते शनिवार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । गत वर्षहरुमा कोरोना कहरका कारण रोकिएको दही जात्रा यसपटक विभिन्न सांस्कृतिक झाँकी बाजागाजासहित जात्रा गरिने समितीका सचिव...
कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट
पोखरा, ३१ असार । कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट पोखरा, ३१ साउन कर्मशील बचता तथा ऋण सहकारी पोखरा ८ सभागृहचोकका सेयर सदस्य र कर्मचारीले स्वास्थ्योपचारमा छुट पाउनु हुने भएको छ । उहाँहरुले पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकका सबै सेवामा १० प्रतिशत छुट पाउनु हुने छ। अन्नपूर्ण सिटी पोखरा र काठमाडौंका विशेष विशेक्षता...
३६ लाख नगदसहित पक्राउ
सर्लाही, ३१ साउन (रासस) ःसर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका...
सराङकोटमा तीज मेला हुने
पोखरा, ३१ साउन ।‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पोखरा – १८ सराङकोटमा तीज मेला – २०७९ हुने भएको छ । अन्नपूर्ण सामुदायिक विकास मञ्चको आयोजना तथा महिला साना किसान कृषि सहकारी सराङकोट र नेपाल रेडक्रस सोसाईटी सराङकोटको सहआयोजनामा मेला हुन लागेको हो । मेला अन्नपूर्ण सामुदायिक मञ्चको...
निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ ः आयोग
काठमाडौँ, ३१ साउन (रासस) ःनिर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले यसबीचमा निर्वाचनमा...
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
– रमेश लम्साल काठमाडौँ, २९ साउन (रासस) : देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमश: विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको...
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…
– नारायण न्यौपाने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो । मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ । नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा...
शिवालयमा भक्तजनको भीड
काठमाडौँ, ३० साउन (रासस) ःसौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले...