न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

झरीले जनजीवन प्रभावित
गण्डकी, १६ भदौ (रासस) :निरन्तरको झरीले जनसाधारणमा कष्ट थपेको छ । सडक, बिजुलीजस्ता जरुरी सेवा रोकिँदा जनजीवन प्रभावित बनेको हो । कतै पहिराको त्रास छ, कतै डुबानको । गए रातिदेखि अवरुद्ध पोखरा–बागलुङ राजमार्ग अपराह्नपछि बल्ल सञ्चालनमा आएको छ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोटमा पहिरो खस्दा सवारी आउजाउ रोकिएको थियो । डोजर लगाएर पहिरो पन्छाएपछि बिहीबार...
चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण
काठमाडौँ, १६ भदौ (रासस) ःहरेक नेपालीको घरमा बिजुली पु¥याउने सरकारको योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । सरकारको योजनाअनुसार नै काम भएको खण्डमा आगामी दुई वर्षभित्र बाँकी रहेका सबै नेपालीको घरमासमेत स्वच्छ ऊर्जाको पहुँच पुग्नेछ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म कूल चार सय ७६ स्थानीय तहमा पूर्णरूपमा विद्युतीकरण भएका छन् ।...
चट्याङको आवाजले अझै झस्काइरहन्छ
रञ्जिता अधिकारी देउखुरी, १६ भदौ (रासस)ः तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो । यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए...
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
कुश्मा, १६ भदौ (रासस) :पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उहाँको...
खोला तर्ने क्रममा एक जनाको मृत्यु
चौतारा, १६ भदौ (रासस) :सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन् । मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले...
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयकप्रति आपत्ती
पोखरा, १५ भदौ । नेपाल भेटेरिनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयक संशोधनका लागि पटक पटक राखेको जायज मागहरुलाई सम्बोधन नगरी बिद्येयक पारित गरिएकोप्रति आपत्ती जनाएको छ । श्रावण ३१ गते प्रतिनिधि सभामा धेरै सतापक्ष तथा प्रतिपक्ष दलका माननीयहरुले राखेका सुझावहरुलाई समेत बेवास्ता गरी विद्येयक पारित गरेको जनाइएको छ । एशोसिएसनका अध्यक्ष डा....
तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु,१२ महिला घाइते
देउखुरी, १५ भदौ (रासस):दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ...
कक्षा १२ को नतिजा प्रकाशन तयारी
काठमाडौँ, १४ भदौ (रासस) :राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क (ग्रेड) उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले केही दिनभित्र परीक्षाफल प्रकाशनमा हुने राससलाई बताउनुभयो । हालको निदेर्शिकामा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैमा...
शिवालयमा बिहानैदेखि तीज वर्तालुको भीड
काठमाडौँ, १४ भदौ (रासस) ःभाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।...
अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज
राधिका बुढाथोकी सिन्धुली, १४ भदौ (रासस)ः ‘सुनको चुरा, औंठी नि सुनकै छ….’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता...
लियो क्लब अफ हेमजाको तीज विशेष कार्यक्रम
हेमजा, १४ भदौ । लियो क्लब अफ हेमजाले पोखरा २५ हेमजामा तीज विशेष कार्यक्रम गरेको छ । हिन्दु महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा क्लबमा आबद्द दिदीबहिनीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका कार्यपालिका सदस्य धना तिमिल्सिनाले क्लबलाई आवश्यक साथ, सहयोग दिने र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।...