न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

बस दुर्घटनामा अपडेट : १५ को सनाखत, एक जनाको हुन बाँकी
हेटौँडा, २० असोज (रासस) :जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की...
नारायणीमा पानीको बहाव यस वर्षकै उच्च
भरतपुर, २० असोज (रासस)ःअविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको...
नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे
 ध्रुवसागर शर्मा गलेश्वर, १९ असोज (रासस) : बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका...
काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा, अझै २÷३ दिन वर्षा हुने
काठमाडौँ, १९ असोस (रासस) :काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर...
दुर्गा पक्षको १० औँ दिन विधिपूर्वक देवी विसर्जन गरिँदै, टीकाको तयारी
काठमाडौँ, १९ असोज (रासस) ःनवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गर्न लागिएको हो...
गीतमार्फत डेङ्गु सचेतना
‘सुत्नेबेला नगरौं भुल पनि, सबले घरमा लगाऔं है झुल पनि’ अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ । सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो । जिल्ला सुरक्षा समितिको आयोजनामा डेङ्गुुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तक्र्रिया गरिनाका साथै जिल्ला प्रहरी कार्यालयले...
दशैंको दिन देशभर सामान्यदेखि पूर्ण बदली
काठमाडौँ, १८ असोस (रासस) :दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली...
मासु घाँटीमा अड्किएर धनबहादुरको मृत्यु
भरतपुर, १८ असोज (रासस):मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
सबैतिर दसैं आयो रे
  कविता सबैतिर दसैं आयो रे मेरो गाउँमा आयो कि आएन? किनकि मलाई अहिलेसम्म पोस्टकार्डमा शुभकामना कसैले पठाएको छैन। लङ्गुर बुर्जा किन्न पैसा कसैले उठाएको छैन। बिन्ति छ मित्र मलाई यी प्रश्नको उत्तर एउटा एउटा गरेर दिनु न कोट घरमा विधि पूर्वक जमरा राखियो राखिएन? म देशभित्रै परदेशी बनेको छु परदेशी साथीहरू गाउँमा आएकि आएनन्...