न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
द्वन्द्वका कारण मध्यपूर्व र खाडीमा वैदेशिक रोजगार असुरक्षित बनिरहेका बेला, सरकार सर्वाधिक आकर्षक मानिने दक्षिण कोरियामा दक्ष कामदारको रोजगार बाटो खोल्ने अन्तिम प्रक्रियामा पुगेको छ। यससँगै ईपीएस प्रणालीबाट अदक्ष कामदार पठाइरहेकै खर्चले धान्ने गरी नेपालीले थप गतिलो रोजगारीमा जान पाउने छन्। उनीहरूको मासिक बेसिक तलब कम्तीमा ३ हजार अमेरिकी डलर (सरदर ४ लाख रुपैयाँ) हुनेछ।...
उद्योगका विद्युत लाइन जोडिँदै
मन्त्रिपरिषदको बैठकले विद्युत लाइन काटिएका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेको छ । बैठकले सोमबार मध्याह्न १२ बजेभित्र काटिएको लाइन जोड्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनका विद्युत् बक्यौता रहेका करिब ३४ उद्योगको यही कात्तिक ८ गते लाइन काटेको थियो । बक्यौता भएका कुल ४९ उद्योगमा करिब १५ उद्योगले बक्यौता तिर्ने भएपछि लाइन काटिएको थिएन ।...
कृपाको चिसो बतास बजारमा
तीजको गितबाट नेपाली लोकगित संगित क्षेत्रमा प्रवेश गरेकी कलाकार कृपा पौडेलले लोक दोहोरी गित ‘चिसो बतास कताको माछापुच्छ्रेको’ सार्वजनिक गरेकी छन । कृपाका पिता हरि पौडेल र माता सिता पौडेलको निर्माणमा बनेको लोक दोहोरी गितको म्युजिक भिडियो युवट्यु मार्फत सार्वजनिक गरिएको छ । तीजको गित ‘मेरी पुतली’बाट आफ्नो अभिनय शुरु गरेकी कृपाको यो दोश्रो गित...
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले अनुमति दिएको छ । आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले...
धान कुटाउन गएकी किशोरीको हत्या
डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेका हुन् । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार, भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरेका छन् । घटनास्थल नजिकै भण्डारीको...
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
आज शनिवार विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालको समय अनुसार बिहान ११ बजेर...
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले बिदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधन गर्न न्यूयोर्क आईपुगेका बखत नेपालीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सबै अधिकार सहितको नागरिकता दिनका लागि आफु प्रतिवद्ध रहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले बिदेशमा रहँदा राजनीतिक अधिकार कटौती हुने तर अरु सबै अधिकार पाउने तथा...
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
नेपाली महाबाणिज्यदूतावासको माग गर्दै टेक्सस र क्यालिर्फोनिया बस्ने नेपालीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको टेक्सस राज्य र क्यालिर्फोनिया राज्यमा महाबाणिज्य दूतावासको माग गर्दै यस क्षेत्रका सामाजिक तथा राजनीतिक संघ सस्थाहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । राहदानी, नागरिकता लगायतका काम गर्न वासिङटन डिसी, न्यूयोर्क जानु पर्ने बाध्यता र नेपालीहरुको...
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर कार्यसमिति पवन पौडेलको अध्यक्षतामा गठन भएको छ। टाउन हल बैठकले ११ सदस्सीय न्यु ह्याम्पसायर कार्यसमिति गठन गरेको हो । नव गठित कार्यसमितिको उपाध्यक्षमा पविता परियार,महासचिव नवीन शर्मा, सचिव मिङग्मा शेर्पा, कोषाध्यक्ष कमल महर्जन, मिडिया संयोजक शरु सुनार तथा सदस्यहरू शंकर श्रेष्ठ, सुदिप पन्त, प्रदीप कार्की, राहुल खडका र इरिना...
गीतकार शिव पलाँसको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक
गीतकार शिव पलाँसको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ यही शुक्रवार सार्वजनिक भएको छ । समीक्षा अधिकारी र ईश्वर पोखरेल अविरलको स्वर रहेको यो गीतलाई प्रमोद पन्तले संगीत भरेका छन्,। भने योगेश काजीले संगीत संयोजन गरेका छन । गीतको भिडियोमा गम्भीर बिष्ट र प्रियंका कार्कीले अभिनय गरेका छन् । कोरियोग्राफी र निर्देशन समेत बिष्ट स्वयमको रहेको...
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
बंशजका आधारमा प्राप्त नागरिकताको नेपाली निरन्तरताको पक्षमा अभियान संचालन भईरहेका बेला एनआरएनए अध्यक्ष अर्जुन बन्जाडे भने गैरआवासीय नेपाली नागरिकताकै वकालत गरिहेका छन् । अहिले बिभिन्न समुहले बंशजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताको अभियानमा रहेका बेला एनआरएनए अध्यक्ष बन्जाडे भने बिपक्षमा उभिएका छन् । बिभिन्न समुहहरुले प्राप्त गैरआवासीय नागरिकता मात्र नभई नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने मागमा...
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
नेपाली नागरिकताको निरन्तरता अभियानको बैठकले संसारभरबाट हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । प्रवासमा रहेका राजनीतिक दल निकट र बिभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरुहरुको संयुक्त बैठकले विश्वभरबाट नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो । अभियानको शनिवार सम्पन्न बैठकले विश्वभर रहेका बिभिन्न सामाजिक तथा राजनीतिक दल निकटका संघ सस्थालाईहलाई समेत सक्रिय सहभागि...