विपत्मा जनतासँग जोडिन कास्की काँग्रेसले ‘वीपी विपत् कोष’ निर्माण गर्ने

विपत्मा जनतासँग जोडिन कास्की काँग्रेसले ‘वीपी विपत् कोष’ निर्माण गर्ने

congress

पोखरा, १८ जेठ । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कास्की काँग्रेसले वीपी विपत् कोष निर्माण गर्ने भएको छ ।
विभिन्न आठ चरणमा गरिएको छलफलपछि प्राप्त सुझावका आधारमा कोष निर्माण गर्न लागिएको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले कोष निर्माण गर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने छ ।

कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजार बढी परिचालित हुने छन् । कास्की काँग्रेसका सभापति केसीले क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहनु भएका सबैलाई कोष निर्माणका लागि जुट्न आव्हान गर्नुभएको छ ।

कोषको सञ्चालन र व्यवस्थापनका लागि एउटा छुट्टै समिति बनाउने निर्णय भएको छ । विपत्का बेला कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको थियो ।

अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई सहयोग गर्ने उद्देश्यले कोष निर्माण गर्न लागिएको प्रवक्ता सिग्देलको भनाइ छ ।

बैंठकले कोरोना संक्रमणपछि मृत्यु भएका अति विपन्न परिवारलाई क्रिया खर्चका लागि सहयोग गर्ने, औषधीको अभावमा रहेका दीर्घरोगीलाई औषधी सहयोग गर्ने र भदौ २४ गते वीपी जयन्तीको दिन अति विपन्न, दलित र अपाङ्गता भएका एक हजार जनालाई सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले गरेका अलोकतान्त्रिक, असंवैधानिक, अप्रजातान्त्रिक गतिविधि, अनियमिता, ढिलासुस्ती, कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचार र सरकारको गैह्जिम्मेवारी बारे जनतालाई जानकारी दिन भदौ २४ देखि असोज महिना भित्र घरघरमा पर्चा पठाउने निर्णय गरेको छ ।

बैंठकले साउन ६ गते वीपी स्मृति दिवसको दिन गरिने वृक्षरोपण कार्यक्रमलाई परिष्कृत बनाउने निर्णय गरेको छ। त्यस दिन काँग्रेसका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई आआफ्नै घरमा वर, पिपल, समी, निमपत्ताका बिरुवा रोप्न र रोपेपछि आफ्नै सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्न अनुरोध गरिएको छ ।

बैठकले पोखरा ३२ मजुवामा अव्यवस्थित रुपमा कोरोना संक्रमितको दाहसंस्कार गरिँदा दुर्गन्ध फैलिएको गुनासो स्थानीयले गरेकाले तत्काल अनुगमन गरी व्यवस्थित बनाउन माग गरेको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा सुत्केरीसहित ६ जना बिरामीको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता घटना नदोहो¥याउन चेतावनी दिएको छ ।

बैठकले कास्की काँग्रेसले सञ्चालन गरेको एम्बुलेन्सका लागि दुई वटा गाडी उपलब्ध गराएर सहयोग गर्ने नेपाली काँग्रेस महिला विभाग सदस्य मिलन थापा र युवा व्यवसायी ध्रुव थापाप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैंठकले काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कँुवर काठमाण्डौंको शिक्षण अस्पताल उपचारार्थ भर्ना हुनु भएकोमा उहाँसहित सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
07 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
07 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀