काठमाडौँ, ३१ वैशाख (रासस)। सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १७ लाख ३३ हजार ९४९ जनाले आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदन योग्य भएको बिक्री प्रबन्धक सनराइज क्यापिटकले जनाएको छ । आवेदन दिएकामध्ये चार हजार ४४२ जनाको आवेदन रद्द भएको छ ।
त्यस्तै कूल आवेदकमध्ये १४ लाख तीन हजार ४६४ आवेदकको हात खाली भएको क्यापिटलले जनाएको छ । सोह« लाख ८५ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराई दुई लाख ३४ हजार १९५ जनाले शेयर १० कित्ताका दरले पाएका छन् । दुई लाख ३४ हजार १९५ जनामध्ये चार जनाले भने ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरका २५ लाख १८ हजार २३० कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । त्यसमा दुई प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरिएको थियो ।
आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।
भर्खरै
“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं