भूकम्पपीडित अझै चर्केको घरमा

भूकम्पपीडित अझै चर्केको घरमा

earthque

— लक्ष्मी गारु

भादगाउँ, १७ वैशाख (रासस) ः गोरखा भूकम्पले भक्तपुरको टौमढीस्थित भैरवनाथको मन्दिर र ङातापोलमा मात्र होइन दरवारपरिसरका धेरै सम्पदा र नगरमा मात्र ६ हजार बढी घरमा नोक्सान पु¥यायो ।

त्यसबेला क्षती पुगेको भैरवनाथ र ङातापोल मन्दिर पुनःनिर्माण भइसकेको छ । अन्य धेरै सम्पदाहरुको पुनःनिर्माण सकिएको छ भने केहीको धमाधम भइरहेको छ । भैरव र ङातापोल मन्दिरको पुनःनिर्माणमा हजारौ स्थानीयले श्रमदान गरे । त्यहाँ श्रमदान गर्ने मध्ये एक हुनुहुन्छ भक्तपुर गःहिटीकी सरस्वती सिख्वाल ।

सम्पदा पुनःनिर्माणमा श्रमदान गरेपनि २०७२ सालको भूकम्पले चर्केको उहाँको घर भने अझै पुनःनिर्माण हुन सकेको छैन । सिख्वालको मात्र होइन गोरखा भूकम्पले नोक्सान पुगेका धेरै घरहरु अझै पुनःनिर्माण हुन बाँकी रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) भक्तपुरको पछिल्लो तथ्याङ्कले पनि भक्तपुरमा निजी आवास पुनःनिर्माण सन्तोषजनक नदेखिएको पाइएको छ ।

कार्यालयका अनुसार भक्तपुरमा जम्मा २८ हजार ६५० लाभग्राही छन् । ती लाभग्राहीमध्ये हालसम्म २५ हजार १५४ अर्थात् ८७ दशमलव ७९ प्रतिशतले मात्र अनुदानका लागि सम्झौता गरेका छन् । कार्यालयका अनुसार भक्तपुरमा हालसम्म १३ हजार १९६ जनाले दोस्रो किस्ता र १२ हजार ३३२ जनाले तेस्रो किस्ता लिएका छन् ।

“लाभग्राहीमध्ये प्रथम किस्ता लिने ८८ प्रतिशत त छ तर दोस्रो र तेस्रो किस्ता लिने लाभग्राही भने थोरै छ”, एकाइ प्रमुख आनन्दप्रसाद आचार्यले भन्न्ुभयो, “यहाँ पहिलो किस्ता लिएकामध्ये ४६ प्रतिशतले दोस्रो र ४३ प्रतिशतले मात्र तेस्रो किस्ता लिएका छन् ।”

भक्तपुरका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाका ७ हजार ७१४ लाभग्राहीमध्ये ५ हजार ८०१, चाँगुनारायण नगरपालिकाका ११ हजार ८९ जनामध्ये १० हजार १२२, मध्यपुर थिमि नगरपालिकाका २ हजार ३२२ लाभग्राहीमध्ये २ हजार ९९ र सूर्यविनायक नगरपालिकाका ७ हजार ५२५ लाभग्राहीमध्ये ७ हजार १३२ जनाले अनुदान सम्झौता गरेको कार्यालयले जनाएको छ ।

परिवारका सदस्यहरुबीच अंशसम्बन्धी, जग्गाको सिमाना विवाद, नक्सा पासका लागि सर्जमिन हुन नसक्नु, पहिले बनेका घरको नक्सा पासमा देखिएको समस्या लगायतका कारण कतिपय लाभग्राहीले पहिलो किस्ता नै बुझ्न सकेका छैनन् भने कतिपय लाभग्राहीले दोस्रो किस्ता लिन सकेका छैनन् ।

भक्तपुरमा निजी आवास पुनःनिर्माण नहुनुमा जग्गामा बहुस्वामित्व पनि एउटा प्रमुख कारणको रुपमा देखिएको छ । थोरै क्षेत्रफलको जग्गामा पनि बहुस्वामित्व भएका कारण पुनःनिर्माणमा समस्या देखिएको हो ।

गःहिटीकै पूर्ण सिख्वालले भन्नुभयो, “हाम्रो चार दाजुभाइ छौँ, पैसा नभएर होइन काकाहरुसँग साँधसिमानामा कुरा नमिलेकोले घर पुनःनिर्माण गर्न नसकिएको हो ।” त्यस्तै गःहिटीकै बद्रीप्रसाद सिख्वालले थोरै जमिनमा पनि तीन भाइको स्वामित्व भएका कारण घर पुनःनिर्माण गर्न नसकिएको बताउनुभयो ।

केहीले भने आर्थिक स्रोत नभएको र सरकारले दिएको अनुदानले घर निर्माण गर्न अपुग हुने भएकोले पनि घर पुनःनिर्माण गर्न नसकिएको बताउँछन् । “कृषि पेशाबाट हुने आम्दानीले चार जना छोराछोरीको पठनपाठन, खान लगाउन नै धौँ धौँ छ, सरकारले दिने भनेको तीन लाख हो, अरु पैसाको लागि कि त जग्गा बेच्नुपर्छ, कि ऋण लिनुपर्छ”, भक्तपुरका नानीराम दुवालले भन्नुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले सानो भूगोल तथा घना जनसङ्ख्या रहेको भक्तपुर जिल्लाका हकमा कतिपय स्थानीय नीतिले पनि समस्या भएको बताउँनुहुन्छ ।

“आवास निर्माण गर्न जग्गा दर्ता, बाटोको मापदण्ड तथा नक्सा पासका समस्या छन्, यहाँ गुठीका समस्या छन्, कैयौं निजी गुठी छन् जुन कतै दर्ता छैनन्, त्यसले पनि समस्या बनाएको छ,” उहाँले भन्नुभयो । भक्तपुरमा नीजि आवासको पुनःनिर्माण सन्तोषजनक नभएपनि विद्यालय पुनःनिर्माण भने सन्तोषजनक देखिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाई(शिक्षा)का इञ्जिनियर अजयकुमार साहले ९७ विद्यालयमा ७५ विद्यालयको पुनःनिर्माणको काम भएको बताउनुभयो । सबैभन्दा धेरै चालु आर्थिक वर्षमा विद्यालय पुनःनिर्माणको काम अघि बढेको बताउँदैं उहाँले भन्नुभयो, “यसै आवमा २५ विद्यालयको पुनःनिर्माणको काम भएको छ, जुन असार मसान्तसम्ममा सबै पुरा हुन्छ ।”

केही विद्यालयको नगरपालिकाले नक्सा स्वीकृत नगरेको र केहीमा जग्गा अपुग भएका कारण पुनःनिर्माणको काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो । यस्तै जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख रमामैया मानन्धरले जोखिम वर्गको घर पुनःनिर्माणमा आफूहरुले कार्यालय बाटै डकर्मी खटाइ पुनःनिर्माण गरिदिएको दावी गर्नुभयो ।

उहाँले भक्तपुर र मध्यपुर थिमि नगरपालिकाले आफ्नो कार्यालयका डकर्मीलाई हाजिर हुन नदिएकाले काम गर्न समस्या भएको बताउनुभयो । गोरखा भूकम्पका बेला भक्तपुरका २१३ वटा सम्पदामा नोक्सान पुगेको थियो ।

ती मध्ये ११७ वटा पुनःनिर्माण भइसकेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इञ्जिनीयर मोहनसिंह लामाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको छ भने २० वटा पुनःनिर्माण शुरु हुने चरणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀