काठमाडौँ, २७ चैत (रासस) । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराइने बताएका छन् ।
काठमाडौँ महानगरपालिका–५ अन्तर्गतको सरकारी जग्गामा सरकारी बोर्ड राख्ने कार्यक्रममा आज उनले सरकार सुशासन कायम गराउन प्रतिबद्ध रहेको बताए ।
काठमाडौँ पहेँलो पुलस्थित सरकारी जग्गालाई भूमाफियाले प्रयोग गरेपछि आज उपप्रधानमन्त्री पोखरेल र भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री डा शिवमाया तुम्वाहाङ्फेको उपस्थितिमा ‘यो जग्गा नेपाल सरकारको हो’ भनी लेखिएको बोर्ड राखिएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारी जग्गालाई दुरुपयोग गर्नेलाई कडा कारवाही गर्ने बताए । उनले सरकारी जग्गा दुरुपउनले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा पनि सार्वजनिक जग्गाको रक्षा गर्ने सरकारको अभियान भएको बताए ।
भूमि व्यवस्थामन्त्री तुम्वाहाङ्फेले सार्वजनिक जग्गाको अतिक्रमण गर्ने क्रम बढेकाले सरकारले आफ्नो जग्गा आफ्नो नाममा ल्याउने अभियानलाई तीव्रता दिने जानकारी दिए ।
काठमाडौँ क्षेत्र नम्बर ५ का प्रदेश सांसद नारायण सिलवालले २०२१ सालमा खोलाले धार काटेपछि बाँकी रहेको जग्गालाई व्यक्तिले गुठीको नाममा दर्ता गरी मोही कायम गरेकाले त्यसलाई फिर्ता गरिएको बताए ।
सरकारी टोलीले आज महानगरपालिका–५ मा रहेको कित्ता नम्बर २०८, २१०, २४७, २४९, २५१ गरी कूल दुई हजार ९०८ दशमलव ४४ वर्गकिलोमिटर अतिक्रमित जग्गामा सरकारी बोर्ड राखेको छ ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं