घट्यो फेवातालको क्षेत्रफल, गहिराई बढाउन १५ हजार घन मिटर माटो निकालिदै

घट्यो फेवातालको क्षेत्रफल, गहिराई बढाउन १५ हजार घन मिटर माटो निकालिदै

fewatal

पोखरा, १७ फागुन । पर्यटकीय नगरी पोखराको मुख्य गहनाका रुपमा रहेको फेवातालको गहिराई बढाइने भएको छ ।

फेवातालको पानीको सतह घटाएको बेला फेवातालको गहिराई पनि बढाउन लागिएको हो ।  गहिराई बढाउनका लागि सोमबारदेखि काम शुरु हुँदैछ।

यसअघि बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिक स्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो ।

नागरिक स्तरबाट आवाज उठेसँगै संघसंस्थाले दवाब बढाएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति, सिंचाई डिभिजन कार्यालयलगायतका सरोकारवालाहरुको बैठकले फेवातालबाट माटो, ढुंगा, गिट्टी, बालुवा निकाल्ने निर्णय गरेको फेवातालमा थुप्र्रिएको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए ।

फेवातालबाट १५ हजार घन मिटर माटो निकाल्ने तयारी गरिएको छ ।

केहि वर्ष अगाडिसम्म सो क्षेत्रमा ६÷७ मिटर गहिराई थियो,उनले भने,‘अहिले त्यो पुरिएर ताल नै दुई वटा बन्लाजस्तो भइसकेको छ, त्यसैले पहिलेकै अवस्थामा फर्काउने गरी माटो निकाल्ने तयारीमा छौं ।’

श्रेष्ठका अनुसार माटो निकाल्न करीब डेढ करोड रुपैयाँ आवश्यक पर्छ । एक्साभेटरको प्रयोग गर्दा करीब २५ लाखमै हुने भएपनि मान्छे प्रयोग गरेर माटो निकाल्दा झण्डै १ करोड ३३ लाख खर्च लाग्ने अनुमान रहेको उनको भनाइ छ । फेवाताल संवेदनशील क्षेत्र भएकाले सबै ठाउँमा एक्साभेटर प्रयोग गर्न नसकिने भएकाले मान्छेको प्रयोग गर्नुपर्ने बाध्यता रहँदा खर्च बढ्ने उनको भनाई छ ।

फेवातालको गहिराई बढाउन सबै सहमत भएपनि बजेट निकाल्न भने समस्या भएको छ । आर्थिक वर्षको अन्त्य तिर भएकाले प्रदेश सरकार, पोखरा महानगरपालिका, सिंचाई डिभिजन कार्यालय वा अन्य कुनैपनि कार्यालयले बजेट निकाल्न समस्या भएको हो ।

यद्यपी पोखरा महानगरपालिकाले ५० लाख र प्रदेश सरकारले २५÷३० लाख बजेट दिने आश्वासन दिएको छ । तर कसैलेपनि तत्काल बजेट निकासा गरिहाल्ने स्थिति नरहेकाले रकमान्तर गरेर मात्र बजेट दिने भनेको श्रोतको भनाइ छ ।

तत्काल बजेट नभएपछि ताल संरक्षण तथा विकास प्राधिकरणको ५ लाखबाट काम शुरु गर्ने तयारी गरिएको संयोजक श्रेष्ठले बताए । त्यसपछि फेवाताल क्षेत्रमा रहेको कोमागाने पार्कको नाममा रहेको कोषबाट २० लाख निकालेर खर्च गर्ने तयारी भएको उनको भनाइ छ । यसका अलावा फेवा जलाधार क्षेत्र संरक्षण कोषमा रहेको १५ लाखपनि तानेर माटो निकालिने उनले बताए । त्यतिञ्जेल महानगर र प्रदेश सरकारले बजेट रकमान्तर गरेर दिने उनले जानकारी दिए ।

सोमबारदेखि फिर्केखोला मिसिने फेवा क्षेत्रबाट माटो निकाल्न शुरु गरिने उनले बताए ।

यता माटो निकाल्न ढिलाई हुँदा फेवा बाँधको काम सकिएपनि पानी जमाउन ढिलाई भएको छ । फेवा बाँध मर्मत सम्भारको काम सकिएपनि माटो निकाल्न ढिलाई हुँदा फेवातालमा पानी जमाउन ढिलाई भएको सिंचाई डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले बताए । मर्मत सम्भारको काम सकिएको ३÷४ दिन भइसक्यो,उनले भने,‘माटो निकाल्न ढिलाई हुँदा पानी जमाउन केहि ढिलाई भएको छ ।’ यद्यपी परिक्षणका लागि पानी जमाउने काम भने शुरु गरिएको उनले बताए ।

यसैबीच, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको चार किल्ला छुट्याएर सरकारलाई बुझाएको जनाएको छ । समितिले फेवातालको बास्तविक क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात ५.७२६ वर्ग किलोमिटर रहेको भन्दै सो क्षेत्रको सिमांकन कायम गर्न सिफारिस गर्दै प्रतिवेदन तयार गरेको छ ।

यसअघि २०६४ सालमा विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले फेवातालको क्षेत्रफल १२ हजार ८७४ रोपनी (६.५४ वर्ग किलोमिटर) रहेको जनाएको थियो । करिब १३ वर्षपछिको सिमाङ्कनममा एक हजार छ सय १९ रोपनी क्षेत्रफल घटेको देखिन्छ ।

सो समितिले सिमाङ्कनको काम सकेर अब तालको बास्तविक पानीको क्षेत्रफल, दुषित भनिएको जग्गाको बास्तविकता पत्ता लगाउँदै मुआब्जाका लागि आवश्यक पर्ने बजेटसहित संरक्षणको काममा लागेको समितिका संयोजक पुण्य पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀