पोखरा, १७ साउन । जन्मदिनको अवसर पारेर नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीसहित ३ जनाले शनिवार बाढीपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
सभापति केसी, नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य श्रीकृष्ण लामिछाने र नेपाल प्रेस युनियन कास्कीका सदस्य महेन्द्र ढुगांनाले सामूहिक रुपमा आर्थिक सहयोग गरी जन्मदिन मनाएका हुन् ।
उनीहरुले पोखरा २६ पैतेडाडाँको पहिरो पीडित परिवार स्व. दुर्गा विकका परिवारलाई आर्थिक सहयोग गरेका थिए । असार २६ गतेको पहिरोमा परी दुर्गाको मृत्यु भएको थियो ।
केही दिन पहिले कास्की काँग्रेस सभापति केसीले फेसबुकमार्फत् साउन १७ गते जन्मदिन भएकाको भेटघाट गरी जन्मदिनलाई सामूहिक रुपमा सामाजिक कार्यमा लगाउन आव्हान गरेका थिए । सोही सूचनापछि केसी, लामिछाने र ढुङ्गानाबीच समन्वय भई सहयोग गर्न जुटेका हुन् ।
जन्मदिनलाई भड्किलो र खर्चिलो बनाउन नहुने सन्देश दिदै जन्मदिनलाई सामाजिक कार्यमा लगाउन सबैलाई प्रेरित गर्न यस्तो कार्यक्रम गरिएको कास्की काँग्रेसका सभापति केसीको भनाइ छ । उनले पहिरो पीडित परिवारका लागि सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्न पहल गरिरहेको बताए ।
सोही कार्यक्रममा पोखरा सम्पर्क समाज अष्ट्रेलियाकोतर्फबाट पनि विकका परिवारलाई ११ हजार पाँच सय आर्थिक सहयोग गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सदस्य राजेन्द्र लामिछाने, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल र स्थानीय गोविन्द परियारले बोलेका थिए ।
भर्खरै
केहि दिन यता दिनहुँ पहिरोका कारण नारायणगढ मुग्लिङ सडक खण्डमा यात्रुले यसरी सास्ती व्यहोर्न परिरहेको छ । हेरौं
अविरल वर्षापछि पोखराको सेती नदीमा पानीको बहाव बढेको छ । पोखराको रामघाट क्षेत्रमा देखिएको सेती नदी (भिडियो)
कास्कीमा यसरी लगाइयो कोभिड १९ विरुद्व खोप । (भिडियो )
कास्की काँग्रेसका सभापति केसी जन्मदिन मनाउन बाढीपहिरो प्रभावित परिवारमा (भिडियो)
३८ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले गरेको कार्यक्रम(भिडियो)
पहिरोले घर पु¥यो, तीन जनाको मृत्यु ( भिडियो र फोटोसहित)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं