पोखरा, २७ भदौ । राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा सभा गरेको छ ।
काँग्रेसले पोखरा १२, पोखरा ३०, रुपा गाउँपालिका १ र २ मा जनजागरणसभा गरेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए ।
सभामा बोल्ने वत्ताले काँग्रेसले मात्रै मुलुकको हित गर्ने भन्दै वर्तमान सरकार आफ्नै कारण असफल बन्दै गइरहेको बताएका थिए ।
पोखरा १२ मा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले सरकारले गर्न नहुने काम मात्रै गरिरहेको बताए । काँग्रेस अपराजय शक्ति भएको भन्दै उनले काँग्रेसलाई जगाउनुपर्ने समय आएको उल्लेख गरे ।
गण्डकी प्रदेशसभा सदस्य सरीता गुरुङले काँग्रेसभित्रको मेलमिलाप र एकताले सबै शक्तिलाई पराजय गर्ने उल्लेख गरिन् ।
कार्यक्रममा काँग्रेस नेता यज्ञबहादुर थापा, क्षेत्र नं १(ख) सभापति कृष्ण कोइराला, काँग्रेस नेतृ सरस्वती गुरुङ, महाधिवेशन प्रतिनिधि तिलक रानाभाट, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ र जिल्ला सदस्य नवीन सिग्देलले बोलेका थिए ।
त्यस अवसरमा नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीको सभापति बनेकोमा कृष्ण कोइरालालाई सम्मान सहित बधाई ज्ञापन गरिएको थियो ।
नेपाली काँग्रेस पोखरा वडा इकाइ ११ का सभापति राधेश्याम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामबहादुर कार्कीले स्वागत र सचिव रामजी बास्तोलाले सञ्चालन गरेका थिए ।
पोखरा ३० खुदी तथा रुपा गाउँपालिका १ र २ मा आयोजित छुट्टाछुट्टै सभा केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
भेलामा काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, क्षेत्र नं १ (क) कास्कीका सभापति शरदराज सुवेदी, नेता प्रकाशमोहन खनाल, कास्की जिल्ला सदस्य नारायणकुमार श्रेष्ठ, महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, महिला नेतृ गिमाया गुरुङ, पोखरा ३० का सचिव ध्रुव न्यौपाने, रुपा १ का सभापति बुद्विबहादुर खड्का, उपसभापति जीवनाथ सुवेदी र सचिव रामबहादुर गोदारले बोलेका थिए ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं