पोखरा, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पदबाट राजीनामा दिएका छन् ।
राजीनामा दिनुअघि उनले देशबासीका नाममा सम्वोधन गरे। सम्वोधन अघि बिहीबार नै अन्तिम पटक बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको थियो । राजीनामा पत्र आज नै राष्ट्रपति समक्ष बुझाउँदै छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि बामगठबन्धनले दाबी पेश गरिसकेको अवस्थामा सरकार गठनका लागि बाटो खुल्ला गर्दै उनले राजीनामा दिएका हुन्।
कांग्रेस सभापति देउवा माओवादी केन्द्रको समर्थनमा गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका थिए।
देशबासीका नाममा सम्वोधनगर्दै प्रधानमन्त्री देउवाले ९ महिने कार्यकाल सफल रहेको उल्लेख गरे।
प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलता भनेका छन्।
त्यस्तै, प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि परराष्ट्रनीतिमा सन्तुलन कायम भई छिमेकी मुलुक भारत र चीनसँगको सम्वन्धले थप उचाईं प्राप्त गरेको उल्लेख गरे। ६५ वर्षमा बृद्धभत्ता दिने, गम्भीर बिरामीका लागि ५ हजार उपलब्ध गराउने, शहीद घोषणा गर्ने लगायत निर्णयलाई आफ्नो सरकारको उपलव्धी भनेका छन्।
देउवाले आफ्नो कार्यकालमा आर्थिक बृद्धिदरले गतिलिएको, राजश्व संकलन उत्साहजन रहेको, स्वास्थ्य शिक्षामा भएका विकृति हटाउन सफल भएको बताउँदै जनसरोकारका विषयमा कुनै सम्झौता नगरेको बताए।
सरकार छाड्दा छाड्दै नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा सँगै रहिरहने प्रतिवद्वता व्यक्त गरेका छन्।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं