पोर्नस्टारसँग ट्रम्पको अफेयर ?

पोर्नस्टारसँग ट्रम्पको अफेयर ?

Trump-Pornstar-Relation

न्युयोर्क – पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो अफेयर रहेको कुरा स्वीकार गरेकी छन्।

अमेरिकी चुनावका बेला स्टेफिनीसँग ट्रम्पको अफेयर रहेको चर्चा भएको थियो। ट्रम्पसँग उनले अंगालो मारेको तस्बिर समेत सार्वजनिक भएको थियो। त्यो समयमा उनी बोल्न मानेकी थिइनन्।

तर, भर्खरैको एक अन्तर्वार्तामा स्टेफिनीले सन् २००६ मा लेक ताहो होटलमा ट्रम्पसँग समय विताएको र त्यसक्रममा शारीरिक सम्बन्ध कायम भएको कुरा सार्वजनिक गरेको द वाशिंटन पोष्टले जनाएको छ।

ट्रम्पले उनलाई नेवादा रिसोर्टमा जुलाई २००६ मा ‘सेलिब्रेटी गल्फ टुर्नामेन्ट’ का क्रममा बोलाएका थिए। स्टेफिनी होटलमा पुग्दा ट्रम्प एउटा कट्टु लगाएर टेलिभिजन हेरिरहेका थिए। उनी त्यहाँ पुगेपछि दुबैले एकसाथ डिनर गरेको र त्यसपछि शारीरिक सम्बन्ध राखेको दाबी गरिएको छ। यो समयमा ट्रम्पकी पत्नी मेलानिया ६ महिने गर्भवती थिइन्।

स्टिेफेनीले २०१६ को अमेरिकी राष्ट्रपति चुनावका दौरान अफेयरबारे नबोल्नका लागि ट्रम्पले आफूलाई १ लाख ३० हजार डलर दिएको र त्यसैकारण आफूले त्यो समयमा केही नबोलेको उल्लेख गरेकी छन्।

यद्यपी ट्रम्पका कानूनी सल्लाहकार टिमले स्टेफेनीसँग अफेयर रहेको कुरालाई अस्वीकार गरेको छ। ट्रम्पका वकिल माइकल कोहेनले एक विज्ञप्ति जारी गर्दै पैसा दिएको कुरा पूर्णरुपमा झुटो भएको स्पष्ट पारेका छन्।

स्रोतः नागरिकन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀