पोखरा, ७ माघ। प्रदेश नं ४ अन्तर्गत प्रदेशसभाका सांसदलाई आईतबार बिहान शपथ ग्रहण गराईयो । प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए ।
एमालेको तर्फबाट नवलपुर निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित श्रेष्ठ ६७ वर्षका छन्। सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा उनले संसद चलाउने छन्।
शपथ ग्रहण समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायत सुरक्षा निकायका क्षेत्रीय प्रमुखको उपस्थिति रहेको थियो।
त्यसपछि श्रेष्ठले नदीपुरस्थित प्रदेशसभास्थल (नगर विकास प्रशिक्षण केन्द्रको हल) मा अन्य सांसदलाई शपथ खुवाए। कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार सपथ ग्रहणमा ५८ सांसद सहभागी भए।
यस प्रदेशमा ३६ प्रत्यक्ष र २४ समानुपातिकबाट प्रदेशसभा सदस्य छन्। तर मनाङ प्रदेश सभा ख बाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) भने सर्बोच्च अदालतको फैसलापछि सांसद हुनबाट बन्चित भएकाले उनी अनुपस्थिति रहे।
यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश क बाट निर्वाचित रामबहादुर गुरुङ पनि अनुपस्थित रहे। उनी विदेशमा भएकाले शपथमा नआएका हुन्।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं