पोखरा, २९ पुस। संस्थागत तथा निजी विद्यालय संगठन (युनिप्स) नेपालको पोखरामा सम्पन्न तेस्रो महाधिवेशनले आगामी तीन वर्षका लागि शन्तबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा विश्वराज खनाल, द्वितिय उपाध्यक्षमा विनोद नेपाली, महासचिवमा सन्तोष तिवारी, सचिवमा खगेन्द्रराज अधिकारी, कोषाध्यक्षमा निराजन थापा छन्। समितिको सदस्यहरुमा कुमार रेग्मी, मुक्तिप्रसाद पौडेल र महेन्द्र पौडेल छन्। ११ सदस्यीय रहने कार्यसमितिमा दुई सदस्य पछि मनोनित गरिने छ।
यसअघि अधिवेशनको उद्घाटनगर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक विश्वराज आचार्यले युनिप्सले छोटो समयमा नै आफ्नो पहिचान बनाउन सकेकोभन्दै प्रशंसा गरे।
कार्यक्रममा सल्लाहाकार ललितबहादुर कुँवर, प्रथम उपाध्यक्ष यमप्रसाद पौडेल, परीक्षा संयोजक आनन्दराज अधिकारी, अतिरिक्त क्रियाकलाप संयोजक विनोद नेपाली लगायतले बोलेका थिए।
त्यसअवसरमा संस्थाको उन्नयनमा महत्वपूर्ण कार्य गरेकोभन्दै ६ जनालाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा विनोद नेपाली, आनन्दराज अधिकारी, शिवहरि सुवेदी, अनन्त कँडेल, कृष्ण थापा र निरकुमार थापा छन्।
युनिप्स नेपालका अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विश्वराज खनालले संचालन गरेका थिए।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं