पौने ३ करोड पचाउन…………………………

पौने ३ करोड पचाउन…………………………

pakrau ilam

भीम चापागाईं

इलाम- सदरमुकामको तिल्केनीस्थित सडकमा मंसिर २५ गते राति १० बजेतिर हतियारसहितका युवाले गाडी लुटपाट गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा पुग्यो। सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले घटनास्थलबाट राति सवा १२ बजेतिर ५ युवालाई पक्राउ गर्‍यो।

गाडी लुटिएको पर्सिपल्ट (मंसिर २८ गते) लुटपाट भएको स्थानछेऊमा प्रहरीले तीन तथा पेस्तोलसहित त्यसमा प्रयोग हुने ८ राउन्ड गोली फेला पार्‍यो । त्यति मात्र भएन, (२५ गते रातिको घटनामा आफूहरू लुटिएको भन्दै पाँचथरका तीन व्यवसायी उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पुगे।

उजुरीकर्ता व्यवसायीमाथि केरकार गर्दा प्रहरीले ठगी घटनामा आधारातमा पक्राउ परेकै युवाको योजना रहेको भेट्टाएको छ । तर, गाडीमा लुटपाटको घटना गराउने ४ युवा भने अझै फरार छन् । घटनामाथि अनुसन्धान गर्नेक्रममा लुटपाट र ठगीको योजना सुनेर प्रहरी आफैं चकित छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले २ करोड ७५ लाख रुपैयाँ ठगी गरिएको र त्यही रकम ‘पचाउन’ लुटको योजना बुनिएको पाएको छ।

जिल्ला प्रहरीले आइतबार सदरमुकामका पत्रकार सम्मेलन गरी पक्राउ व्यक्ति, हतियार र नगद ९० लाख रुपैयाँ सार्वजनिक गर्‍यो। पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ का ३२ वर्षे राजबहादुर तामाङ, रुद्र नेम्बाङ, योगेन्द्र आङ्देम्बे, भयप्रसाद बिक र महेन्द्र दर्जी छन्। उनीहरूलाई सार्वजनिक गर्नेक्रममा प्रहरीले ठगी तानाबानाको कथा ‘फिल्म’झैं पाइएको बताएको छ।

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार कलिलो उमेरका राजबहादुर तामाङ नै हुन् । माओवादीका पूर्वलडाकु राजबहादुर सशस्त्र द्वन्द्वको अन्त्यतिर कहिले भारत पसे त कहिले वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक बसे । उनी व्यापार र व्यवसाय भन्दै सिन्धुपाल्चोकको तातोपानीदेखि झापा र ताप्लेजुङसम्मको यातायात व्यवसायीसमेत भए।

प्रहरीका अनुसार राजबहादुरले आफूसँग बहुमूल्यको स्टोन (बल्ने ढुंगा) रहेको र त्यो ढुंगा अमेरिका पुर्‍याएर कानुनी रूपमै बेच्दा अर्बौं रुपैयाँ आम्दानी हुने भन्दै पाँचथर फिदिमका व्यवसायीहरू राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ली ढुंगानाबाट नगद २ करोड ७५ लाख रुपैयाँ लिए। तामाङले त्यही आश्वासन दिएर तिनै व्यवसायीबाट ६० लाख मूल्य पर्ने जमिनसमेत पास (रिजालको किटानी जाहेरीमा प्रहरीले पुष्टि गर्न बाँकी) गरी लिए।

रकम आफूले लिएपछि सामान (बल्ने ढुंगा) जिम्मा लगाइदिन भन्दै व्यवसायीहरू तीनैजनालाई तामाङले मंसिर २५ गते इलाम सदरमुकामको तिल्केनी (इलाम नगरपालिका–८) बोलाए । झोलामा तीन पेस्तोलसमेत बोकेर आएका राजबहादुर, रुद्र, योगेन्द्र, भयप्रसाद र महेन्द्रमध्ये राजबहादुर तिल्केनीमा गाडीबाट ओर्लिए । बाँकी ४ जनालाई लगानीकर्ता व्यवसायीलाई लिएर आउनू भनी इलाम सदरमुकामभन्दा ५ किलोमिटर पर (फिदिमपट्टि) नै पठाए।

प्रहरीका अनुसार पुनः राजबहादुरले इलाममै रहेका ४ जनालाई आफूसँग भएका हतियार दिए र केहीबेरपछि आफू गाडीमा आउने बाटो ढुकेर बस्न लगाए। राजबहादुरले हतियार बोकेका युवालाई ‘भरे म चढेर आउने गाडी लुटपाट गर्नू, मेरा र मसँग भएका मान्छेको नगद, गहना लुट्नू, कुटपिट गर्नू, अघि नै देखि तँलाई पच्छ्याइरहेका थियौं भनेर धम्क्याउनू’ भन्न लगाए।

राजबहादुरले बिब्ल्याँटे पुगेका आफ्नो समूहका युवालाई चाहिँ पाँचथरबाट आउने तीनमध्ये दुई व्यवसायीको साथमा एकजना मात्रै आउनू भनी अह्याए। उनको निर्देशनअनुसार व्यवसायीहरू तारा र डिल्लीलाई लिएर रुद्र तिल्केनीतिर आए। तिल्केनीमा भेट भएपछि राजबहादुर पनि त्यही गाडीमा चढे। मेची राजमार्ग छाडेर करिब १ किलोमिटर कच्ची सडक गएपछि राजबहादुर ‘सामान झोलामा लिएर आउँछु’ भनी गाडीबाट ओर्लिए र अरूलाई गाडी फर्काउँदै गर्न लगाए।

आधा घण्टापछि राजबहादुरले झोलामा सामान ल्याएको छु भन्दै सबैलाई गाडीमा चढ्न लगाए र आफू पनि चढे । अलि पर पुगेपछि पूर्वयोजनाअनुसार नै हतियारसहितका युवाले सडकमा ढुंगा राखेर बाटो अवरोध गरी पेस्तोल देखाए । गाडीमा रहेका यात्रुलाई कुटपिट गरे । व्यवसायी ढुंगानाको साथमा रहेको मोबाइल, नगद १० हजार, भट्टराईको साथमा रहेको मोबाइल, १ तोला सुनको औंठी, नगद ८ हजार र योजनाकार राजबहादुरले बोकेको (सामान भएको) झोलासमेत लुटे।

प्रहरीमा तत्काल खबर पुगेपछि नाटकीय रूपमा गाडीमा लुटपाट गर्ने ४ जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गर्‍यो । ‘प्रहरीमाथि अश्लील शब्दसमेत प्रयोग गर्ने ५ जनालाई तत्काल प्रहरीले घटनास्थलबाटै पक्राउ गर्‍यो,’ जिल्ला प्रहरी प्रमुख एसपी बिपीन कर्माचार्यले पत्रकार सम्मेलनमा भने, ‘राजबहादुरको बस्ने घर झापा मेचीनगर–९ र उनकै बहिनीज्वाईंको घरबाट नगद ९० लाख १० हजार बरामद गरेका छौं।’

व्यवसायीबाट बल्ने ढुंगा दिनका लागि लिएको रकम पचाउन राजबहादुरले अन्य व्यक्तिहरू परिचालन गरी योजना बनाएको एसपी कर्माचार्यले बताए । ‘अनुसन्धान गर्दै जाँदा राजबहादुरले आफूले तीन व्यवसायीबाट लिएको रकम तिर्ने अरू बाटो नभएपछि आफैं लुटिएको नाटक रचेका रहेछन्,’ उनले भने, ‘लुटको योजना सुन्दा पनि कुनै हिन्दी फिल्मको कथाझैं लाग्छ ।’ उनका अनुसार पाँचथरबाट आएका ठगीमा संलग्न पाँचैजना पक्राउ परेका छन् भने बाँकी ४ जना (नक्कली लुटेरा) को खोजी भइरहेको छ।

पत्रकार सम्मेलनमै सहभागी मेचीका प्रहरी प्रमुख पीताम्बर अधिकारीले यो घटना निकै षड्यन्त्रमूलक भएकाले प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको बताए । ‘यो निकै बौद्धिक र जाली योजना भएकाले प्रहरीले यसलाई गम्भीर तबरले अनुसन्धान गरिरहेको छ,’ उनले भने । राजबहादुरले रकम ठगीका लागि देखाउने गरेको ‘बल्ने ढुंगा’ चाहिँ सामान्य सेतो ढुंगा रहेको बताएको छ । ‘तलबाट मोबाइलमा जस्तै बल्ने लाइट लगाएर त्यसमाथि सेतो ढुंगा राखी त्यसमाथिबाट रातो कपडाले ढाक्दा रातो प्रकाश आउँदोरहेछ, त्यसैलाई देखाएर बल्ने ढुंगा भनी सर्वसाधारणलाई झुक्याउँदारहेछन्,’ एसएसपी अधिकारीले भने, ‘बल्ने ढुंगा भनी झुक्याउनेसँग कहिल्यै विश्वास गर्नुहुँदैन।’

स्रोतः नागरिकन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀