काँग्रेसका पुराना नेताको सुझाव: पार्टीलाई नयाँ ढंगबाट अघि लैजाउँ

काँग्रेसका पुराना नेताको सुझाव: पार्टीलाई नयाँ ढंगबाट अघि लैजाउँ

congress

अर्जुन ओली

नेपालगन्ज- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाले कार्यकर्तामा निराशा छाईरहेका बेला बाँके  काँग्रेसका पुराना तथा अग्रज नेताले पार्टीको सुदृढीकरण गरी नयाँ ढंगबाट अगाडी बढाउनुपर्ने सुझाव दिएका छन्। यसका लागी पार्टीको केन्द्रिय नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनीहरुको भनाई छ।

  बाँकेमा प्रतिनिधि सभाको ३ वटै क्षेत्रमा पराजय र प्रदेश सभाको ६ मध्ये एक मात्र सिट जितेको काँग्रेसले आफ्ना कमी कमजोरीलाई अझैपनि नसच्याए पार्टी अझ कमजोर भएर जाने नेताहरुको चिन्ता छ । बाँके प्रदेश सभा–२ ‘ख’ बाट निर्वाचित सदस्य सुरेन्द्र हमाललाई स्वागत तथा सम्मान गर्न शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्ने नेताहरुले कांग्रेसले प्राप्त गरेको मत कम नभएको बताउँदै गणितीय हिसाबले मात्र चुनाव हारेको दाबी गरे।

 नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति सुनिलनरसिंह राणाले पार्टीभित्र रहेका कमी, कमजोरीलाई सुधार गरेर लैजानुपर्ने बताए। ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हाम्रो पार्टीले हारेपनि सिंगो राष्ट्रको जित भएको छ,’ उनले भने ‘नेपाली काँग्रेसको मुख्य लक्ष्य नै संविधान कार्यान्वयन गर्नु थियो, यो चुनावले संविधान कार्यान्वयनको बाटो खोलिदियो।’ काँग्रेसका उम्मेदवार र समानुपातिकमा प्राप्त गरेको मतका आधारमा निराश हुनुपर्ने अवस्था नरहेको कार्यबाहक सभापति राणाले बताए । उनले थपे, ‘चुनाव हार्नुमा केही कमी, कमजोरी भएकै छन्, यसलाई सुधारेर संगठन सुदृढीकरण अभियानमा हामी सबै लाग्नुपर्छ।’

   पूर्व जिल्ला सभापति युवराज शर्माले पार्टीलाई अब नयाँ ढंगले जनतामाझ परिचालित गर्नुपर्ने बताए। ‘जनताले काँग्रेसलाई भोट दिएकै हुन्, तर पार्टीले चुनाव हार्नुको विविध कारण छन्,’ उनले भने ‘संगठन निर्माण गर्न त्यागी नेता, कार्यकर्ताको आवश्यकता पर्छ, कतै हामीले त्यागको भावनालाई बिर्सियौं कि!’ पछिल्ला स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टी नेतृत्वले कार्यकर्तालाई दास बनाउँदाको परिणामले नतिजा कमजोर हुन पुगेको उनको भनाई छ।

 पूर्वसांसद एवम् नेपाली काँग्रेसका पुराना नेता कृष्णसिंह परियारले पार्टीलाई २०४८ सालकै स्थितीमा पुर्‍याउन संगठन सुदृढीकरण गर्नुपर्ने आवश्यकता औल्याए। यसका लागी केन्द्रिय र जिल्ला नेतृत्वदेखी सबै नेता, कार्यकर्तामा ईमान्दारिता रहनुपर्ने बताए । अर्का पूर्वसांसद मैकुलाल बाल्मिकीले २०४८ सालकै संगठनले अहिले सम्म नेपाली काँग्रेसलाई धानेको बताए । ‘२०४८ सालको संगठनले कहिले सम्म धान्ला ?’ बाल्मिकीले भने ‘अब त्यसरी पार्टी चल्दैन, अबको पाँच वर्ष सम्म नयाँ ढंगले संगठन निर्माणको काम गर्नुपर्‍यो।’

अबदेखी पार्टीमा योगदान पुर्‍याउने व्यक्तिको मुल्यांकन र गलत गर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्ने उनको माग छ । नेपाली काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेशकुमार कनोडियाले पाँच वर्ष सम्म प्रतिपक्षमै बसेर पार्टीको संगठन निर्माणको काममा लाग्नुपर्ने सुझाव दिए । ‘संविधान र लोकतन्त्रको रक्षाका लागी अब थुप्रै चुनौती आउन सक्छन्, ती चुनौतीको सामना गर्न जनताको साथ लिएर नेपाली काँग्रेसले खबरदारी गर्नुपर्छ,’ उनले भने।

  नवनिर्वाचित प्रदेश सभा–२ ‘ख’ का सदस्य हमालले काँग्रेसले प्राविधिक रुपमा मात्र हारेको बताउँदै भने, ‘दुई ठुला वामपन्थी मिलेर मात्रै हामीलाई हराएका हुन्, काँग्रेसले प्राप्त गरेको मत हेर्दा हामी हारेका छैनौं ।’ अबको पाँच वर्षसम्म नेपाली काँग्रेसलाई उचाईमा पुर्‍याउन आफु सक्रिय हुने र कम्युनिष्ट सरकारले गर्ने हरेक नकारात्मक क्रियाकलाप विरुद्ध सडक र सदन तताउने प्रतिवद्धता जनाए।

स्रोतः नागरिकन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
21 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Sep 2024 00:05 UTC
Latest change: 20 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.71
Indian Rupee 
Indian Rupee
83.53
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
144.4
US Dollar 
US Dollar
1
21 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Sep 2024 00:05 UTC
Latest change: 20 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀