६२ प्रतिशत डाक्टर फेल

६२ प्रतिशत डाक्टर फेल

dr-pic-20092017091949-1000×0
अतुल मिश्र, काठमाडौं
मंसिर २०, २०७४-बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् ।
नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा यसपालि झन्डै ६२ प्रतिशत डाक्टर अनुत्तीर्ण भएपछि उनीहरूले शिक्षा प्रणालीमै गडबडी औंल्याएका हुन् ।
विकसित मुलुकझैं नेपालमा पनि चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएसपछि लाइसेन्स परीक्षा पास गरेकाले मात्र उपचार ‘प्राक्टिस’ गर्न पाउने कानुुनी व्यवस्था छ । सर्वोच्च अदालतले २०५८ फागुन २५ गतेभन्दा पछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य गरेको छ ।

शनिबार लिइएको परीक्षामा १ हजार २ सय २ जना एमबीबीएसमा सरिक भएकामा ४ सय ६१ जना मात्र उत्तीर्ण भए । यस्तै दन्तचिकित्सा विज्ञानमा स्नातक अर्थात् बीडीएस गर्ने ८५ डाक्टरमध्ये ४३ जनाले मात्र उत्तीर्ण गरे ।

‘एमबीबीएस ६१.७ र बीडीएस गरेका ४९.४२ प्रतिशत फेल भएका छन्,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने । अघिल्लो परीक्षामा एमबीबीएस गरेका ५६ प्रतिशत फेल भएका थिए । ‘यो परिणामले स्पष्ट देखाउँछ कि चिकित्साशिक्षा प्रणालीमा केही गडबडी छ, यसलाई सुधार्नुपर्छ नत्र फेल हुनेको संख्या अझ बढ्न सक्छ,’ चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा जगदीशप्रसाद अग्रवालले भने । काउन्सिलका केही पदाधिकारीका अनुसार लाइसेन्स परीक्षाको प्रश्नपत्र असाध्यै सामान्य प्रकारको हुन्छ । साढे पाँच वर्षसम्म एमबीबीएस पढाइ गरेकाले सहजै ९० प्रतिशत अंकसम्म ल्याउन सक्ने उनीहरूको दाबी छ ।

शिक्षाको गुणस्तर तल झर्दै गएकाले यस्तो भयावह स्थिति देखिएको काउन्सिलका एक पदाधिकारीले बताए । ‘न कसैलाई पढाउन न पढ्नमा रुचि छ,’ उनले भने, ‘परिणामले स्पष्ट सन्देश दिन्छ, धेरैजसोले पढदैनन्, जसरी पनि डिग्री लिएर आउँछन् ।’

हाल लाइसेन्सअन्तर्गत ज्ञानको मात्र परीक्षा लिइने गरेको डा. अग्रवालले जानकारी दिए । ‘ज्ञानको मात्र लिइने परीक्षामै यस्तो स्थिति छ,’ उनले भने, ‘सीप (प्राक्टिकल) को समेत परीक्षा लिइँदा झन् कस्तो भयावह होला ?’ अहिलेको परीक्षा परिणामले चिकित्सा शिक्षामा सुधारको आवश्यकता स्पष्ट रूपमा औंल्याएको उनको भनाइ छ । काउन्सिलका अर्का एक पदाधिकारी भन्छन्, ‘तुरुन्त सुधार नगरे बारम्बार फेल हुने यस्ता डाक्टर स्वास्थ्योपचारको सिस्टममा घुसेर जनतालाई गुणस्तरहीन सेवा दिनेछन्, यो चक्र जारी रहन्छ ।’

स्रोत ः कान्तिपूर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀