सुन्दरबजार (लमजुङ), ६ मंसिर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द पौडेलले एमालेलाई धुलो चटाउन आग्रह गरेका छन् ।
एमालेले संसदीय व्यवस्थालाई वेवास्ता गर्न र एकदलीय व्यवस्था लाद्न खोजेकाले जनताले धुलो चटाउनुपर्ने उनको भनाई थियो।
उनले संसारमा थोत्रो भएर फालिएको कम्युनिष्ट व्यवस्थालाई नेपाली जनताले स्वीकार्न नसक्ने उल्लेख गरे।
नेपाली काँग्रेस सुन्दरबजार नगरपालिकाले खत्रीठाँटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले बाम गठबन्धनले संसदीय व्यवस्थाको विकल्प खोज्न खोजेको आरोप लगाए।
‘महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, कम्युनिष्टले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन’–बरिष्ठ नेता पौडेलले भने।
उनले बहुदल भन्ने तर मुलुकमा एकदलीय व्यवस्था लागू गर्न खाज्ने कम्युनिष्टलाई देश र जनताको माया नभएको बताए। बरिष्ठ नेता पौडेलले राष्ट्रलाई बलियो र उन्नती गर्न काँग्रेस आवश्यक भएकोमा जोड दिए।
मुलुकका हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको भन्दै अब सम्बृद्व राष्ट्र निर्माणको नेतृत्वपनि काँग्रेसले गर्ने उनको भनाइ छ।
काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लमजुङको विकास काँग्रेसले गरेको भन्दै काँग्रेसलाई विजयी गराउन आग्रह गरे।
नेता दिलबहादुर घर्तीले मुलुकमा लोकतन्त्रको विकल्प नभएको बताए।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं