पोखराको पालिखे चोक चौडा पार्ने कसरत : चुनावअघि नै महानगरले निकास खोज्ने, जग्गाधनी सर्न तयार

पोखराको पालिखे चोक चौडा पार्ने कसरत : चुनावअघि नै महानगरले निकास खोज्ने, जग्गाधनी सर्न तयार

Palikhe-Chowk

पोखरा, १५ कार्तिक / बाटा र चौबाटा चौडा पार्ने अभियानमा लागेको पोखरा महानगरपालिकाले पालिखेचोक(साँघुको मुख)फराकिलो पार्ने कसरत जारी राखेको छ ।

यसका लागि सरोकारवाला घरजग्गाधनीसँग निरन्तर संवाद भइरहेको महानगरपालिकाको तर्फबाट संयोजनसहित निकास पहिल्याउने जिम्मेवारी पाएका वडा नम्बर ४का अध्यक्ष शंकरप्राद बास्तोलाले बताए । उनका अनुसार प्रदेश र संघीय चुनावअघि नै समस्या समाधान गर्नेगरी महानगर लागिपरेको छ । समाधान दैनिकका लागि गोविन्द सुवेदीले लेखेका छन् । 

पोखराका वडा नम्बर ३ र ९ मासडकबीच पर्ने मिश्री उदास, दूधमान उदास र वसन्त उदासको नाममा रहेको ढुंगामाटोको घर, प्रदीपशंकर पालिखेको नाममा रहेको २ तले घर, किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठको नाममा रहेको कच्ची घर त्यहाँ छन् ।ती घर जग्गाधनीलाई मुआब्जा दिने कुरामा सहमति जुटाउने कसरत जारी रहेपनि उल्लेख्य प्रगति भने हुन सकेको छैन ।

सट्टामा जग्गा नदिने महानगरले प्रष्ट पारेको छ । अझै पनि सट्टामै जग्गा पाउने आशामा रहेको जग्गाधनी कृष्णमान श्रेष्ठका छोरा हीरामान श्रेष्ठले बताए । महानगर र पोखरा उपत्यका नगरविकास समितिले सहकार्य गरे सट्टामा जग्गा प्राप्ति हुनेमा आफूहरु आशावादी रहेको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कुरा सकारात्मकढंगले अघि बढिरहेको जानकारी दिए । ‘चरणबद्ध रुपमा हाम्रो संयोजक(बास्तोला)ले कुरा गरिरहनुभएको छ, बेलाबखत म आफै पनि उहाँहरुसँग कुरा गरेको छु, प्रदेश र संसदीय निर्वाचन अघि नै सहमतिमा पुग्ने हाम्रो प्रयास छ,’ मेयर जिसीले भने ।

जग्गाधनी श्रेष्ठले आफूहरुको माग एउटा जग्गाको २ करोड रहेको बताए । महानगरले सुरुमा ५० लाख भनेको र पछि त्यसमा थप २५ लाख गर्ने भनेको उनले सुनाए । त्यसमा आफूहरु राजी नभएको उनको भनाइ छ । जग्गाधनी वसन्त उदासले पनि महानगर ५० लाख दिन राजी भएको तर आफूले कम्तीमा १ करोड मागेको बताए ।

श्रेष्ठ र उदासको दाबीलाई महानगरले भने अस्वीकार गरेको छ । मेयर जिसीले महानगरको तर्फबाट कति पैसा भन्ने विषयमा कुरै नभएको जानकारी दिए । ‘संयोजक यामेयर कसैले पनि मुआब्जा वापत यति उति पैसा दिन्छु भन्न मिल्दैन, कार्यपालिकामा उहाँहरुसँगभएको सहमति पेश गर्ने हो,’मेयर जिसीले भने, ‘सिडिओसाबअध्यक्षताकोमुआब्जा निर्धारण समितिले टुंग्याउने विषय हो ।’

महानगरका अरु ठाउँमा पनि समस्या देखिने र त्यो समाधानका विषयमा पालिखेचोक (साँघुको मुख) भोलि गलत नजिर बन्न नदिनेमा आफू सचेत रहेको उनले प्रष्टाए ।संयोजक शंकरप्रसाद बास्तोलाको टिमसँग सहमति नजुटे पुन वार्ता वा सहमतिका लागि भन्दै नधाउने र ऐन अनुरुप अघि बढ्ने मेयर जिसीले प्रष्ट पारेका छन् । बाटा चौडा पार्ने अभियान कसैका कारण नरोकिने उनको प्रष्टोक्ति छ ।

सहमति नजुटे स्थानीय तह सञ्चालन ऐन २०७४ बमोजिम महानगरले आफ्नो प्रक्रिया थाल्ने जिसीले प्रष्टाएका छन् ।उनले जग्गाधनीलाई मर्का पार्ने पक्षमा महानगर नरहेको उल्लेख गरे । ‘उहाँहरुको कुरा सुन्छौं, चित्त नदुखोस् भन्ने हाम्रोपनि भावना हो, तर त्यसो भन्दै गर्दा हामीसँग यस्ता समस्या अन्त पानि आउन सक्छन्,’ उनले भने,‘त्यहाँ पनि यहाँ यस्तो भएको थियो भनेर अर्को नागरिकले औंला नठड्याओस् ।’

पालिखे चोकको सडक ४० वर्षदेखि प्रयास गर्दा पनि चौडाहुन सकेको छैन ।त्यहाँ निजीर सार्वजनिक जमिनमा गरी ६ घर छन् । सार्वजनिक जमीनमै चौतारी पनि छ । त्यो चौतारोको रुखका हाँगा काट्न गत मंगलबार रोकिएको थियो ।

रोकिएको काम पुन अगाडि बढ्ने संयोजक बास्तोलाले बताए । साथै महेन्द्रपुल युथ क्लब पनि यसमा सहयोग गर्न तयार रहेको उनले जानकारी दिए । गत मंगलबार चौतारो काँटछाँट गर्न आफू सहयोगी नरहेको सार्वजनिक गरेका वडा नम्बर ३का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले आफ्नो तर्फबाट पनि समस्या सल्ट्याउन पहल गर्ने बताए । महानगरले जग्गाको महत्व के छ भन्ने बुझेरै समस्या समाधान गर्नुपर्ने र त्यसैको पक्षमा आफू रहको उनले सुनाए ।

जग्गाधनी सर्न तयार

पोखरा महानगरपालिकाले पालिखे चोक चौडा पर्ने निश्चित भएपछि त्यसलाई सहयोग गर्न आफूहरु तयार रहेको सम्बन्धित जग्गाधनीले बताएका छन् ।

तर महानगरले आफूहरुसँग सिधै कुरा गरेर सहमति गर्नुपर्ने उनीहरुको भनाइ छ । ‘हामी सहयोग गर्न तयार छौं,’जग्गाधनीमध्येका एकले भने, ‘बीचमा लचक नबन धेरैपाइन्छ भन्दै उचाल्नेहरु छन्, धेरै पाइन्छ भनेपछि आशा झन् बढ्दो रहेछ ।’आफूहरुलाई बेलाबेला त्यहाँबाट हटाइने त्रासले सताउने गरेको उनी बताउँछन् । ‘पटकपटक त्रासमा बस्नुभन्दा महानगरले दिने के हो, त्यो प्रष्ट भनिदिए निकास दिन हामी तयार छौं,’नाम उल्लेख नगर्ने सर्तमा उनले भने ।

महानगर प्रमुख जिसीले मध्यस्थताको लागि बीचमा नराखेको र महानगरले तोकेका संयोजकमार्फत सम्बन्धित जग्गाधनीसँगै कुरा भइरहेको बताए ।

भत्काउनु पर्ने घर

किशोरादेवी श्रेष्ठको हालको कित्ता नम्बर ४ साविकको ८६६ क्षेत्रफल ०–१ –२–३ त्यसमा ३ तले ढुंगामाटाको घर

प्रदीपशंकर पालिखेको हालको कित्ता नम्बर १ साविकको ८५७ क्षेत्रफल ० –१–०–१ त्यसमा बनेको ढुंगामाटाको २ तले घर
कृष्णमान श्रेष्ठको हालको कित्ता नम्बर २ साविकको ८६० क्षेत्रफल ०–१–२–१ त्यसमा बनेको १ तले कच्ची घर

वसन्त उदासको हालको कित्ता नम्बर १४ साविकको ४३५ क्षेत्रफल ०–१–३–२ त्यसमा बनेको १ तले कच्ची घर

गोविन्द सुवेदी

स्रोत ः पोखरा महानगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀