काँग्रेसको एक स्वरः ‘बाम गठबन्धन राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र’

काँग्रेसको एक स्वरः ‘बाम गठबन्धन राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र’

Congress

रञ्जन अधिकारी पोखरा, ११ कार्तिक / नेकपा एमाले, माओवादी केन्द्र सहितको बाम गठबन्धनबाट साम्यवाद र अधिनायकवादको खतरा रहेको भन्दै नेपाली काँग्रेस सशंकित छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले त उत्तर कोरियाको उदाहरण नै दिएर यो गठबन्धन राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र भएको बताए ।

पोखरामा अखण्ड नेपाल समाहितसँगै उद्योगपति एवं पूर्वसांसद सूर्यबहादुर केसीलाई पार्टी प्रवेश गराउन पार्टी कास्की जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा काँग्रेसका सबै नेताहरुले बाम गठबन्धन राष्ट्र हित विपरित रहेको जिकिर गरे ।

देउवाले वाम गठबन्धन राष्ट्र विरोधी भएको आरोप लगाउँदै वामपन्थीहरुले डर र त्रासको शासन ल्याउने उल्लेख गरे । ‘हेर्नुस् उत्तर कोरिया साम्यवादीहरुको देशमा कहिं पनि बोल्न पाइन्न, लेख्न पाइन्न, उनले भने– एकदलीय निरंकुश शासन कम्युनिस्टहरुले ल्याउँछ । कांग्रेसले जितेमात्रै भयमुक्त शासन व्यवस्था रहन्छ ।’

तीव्र ध्रुवीकरणले देशमा राजनीतिक संकट ल्याएको देउवाको भनाई छ । तर शुक्रबार पोखरामा नै माओवादी केन्द्र अध्यक्ष प्रचण्डले भने फुटेर गएकाहरु पनि धमाधम काँग्रेसमा फर्कन थालेकाले काँग्रेस नडराउन र बामपन्थीहरुलाई धन्यवाद दिन आग्रह गरेका थिए ।

देउवाले स्थानीय तह निर्वाचनभन्दा भिन्न र शासन व्यवस्था निर्धारणको निर्वाचन भएकाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले लोकन्त्रका पक्षमा मतदान गर्नुपर्ने बताएका छन् । ‘स्थानीय तहको चुनाव एउटा कुरा हो, स्थानीय तहमा जनताले भोट दिएकै पार्टीलाई राष्ट्रियस्तरमा, प्रान्तीयस्तरमा भोट हाल्छन् भन्ने छैन’ उनले भने, ‘प्रजातन्त्र कसले ल्याएको हो यो देशमा ? प्रजातन्त्र कसले बचाउँछ यो देशमा, जनताले त्यो बुझ्नुपर्छ ।’ प्रधानमन्त्री देउवाले एकतन्त्रीय शासन कांग्रेसले दुईपटक फालिसकेको र अहिले कम्युनिष्ट अधिनायकवाद शासनबिरुद्धको लडाईं भएको बताए । उनले मंसीर १० र २१ गते हुने चुनाव सामान्य पार्टी पार्टीवीचको लडाईं मात्र नभएको बताउँदै भने, यो चुनाव लोकतन्त्रको लडाईं हो, प्रजातन्त्रको लडाईं हो र जनताको शासन स्थापना गर्ने लडाईं हो ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न लागेको आरोप लगाए । ‘कम्युनिस्टहरु बहुमतले जारी गरेको संविधान फेर्ने कुरा गर्दै हिँडेका छन्। लोकतन्त्रको भर्याङ चढेर अधिनायकवादमा पुग्ने कम्युनिस्टहरुको सोच छ ।’ उनले भने– ‘प्रतिनिधि र प्रदेशसभाको निर्वाचन साम्यवादी र प्रजातन्त्रवादीबीचको लडाईं हो । लोकतन्त्र बचाउन काँग्रेसले जित्नुको विकल्प छैन ।’

बरिष्ठ नेता पौडेलले बाम गठबन्धनको घोषणा गरिएको दिन संविधान संशोधन गरेर मौलिक हक कुण्ठित पार्ने उद्घोष गरेकोप्रति आपत्ति जनाए । एमाले–माओवादीले बहुमत पु¥याए भने सबै पार्टीकरण गर्ने जिकिर गर्दै उनले बामपन्थीहरू देशलाई एक दलीय हुकुमी शासनतिर लैजान प्रयासरत रहेको उनले बताए ।

शान्ति र संविधान पछि अब कांग्रेसको नेतृत्वमा समृद्धि हुने भन्दै उनले अधिनायकवादलाई परास्त गरेर कांग्रेसलाई चुनावमा बिजयी गराउन स्वतन्त्र र लोकतन्त्रवादीहरुले एकजुट भई सामना गर्नुपर्ने भन्दै एकजुट हुन अपिल गरे ।

महामन्त्री डा. शशांक कोइरालाले विपीलाई स्मरण गर्दै दिमाग हुनेहरु प्रजातन्त्र पक्षधर हुने बताए । नेपाल समृद्धिको बाटोमा अगाडि बढेको भन्दै उनले देशको कायापलट नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताए ।

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले युनाईटेड काँग्रेस काफी रहेको भन्दै सबै एक हुन जरुरी रहेको उल्लेख गरे । उनले ब्यालेटबाटै सबैलाई परास्त गर्न आग्रह गरे । कानुनमन्त्री यज्ञबहादुर थापाले कास्कीका तीन प्रतिनिधि सभा र ६ प्रदेशसभा प्रतिनिधि सबैमा काँग्रेसले जित्ने भन्दै कार्यकर्ताहरु एक भएर चुनावमा होमिन आग्रह गरे ।

सो अवसरमा नवप्रवेशी उद्योगपति एवं राप्रपाका पूर्व नेता, पूर्व सांसद सूर्यबहादुर केसीले नेकपा एमालेको गुणगान गाउँदै पछिल्लो समय काँग्रेस आफ्नै प्रजातान्त्रिक धारमा रहँदा काँग्रेसलाई चयन गरेको बताए । ‘मैले एमालेलाई र काँग्रेसलाई समदुरीमा राखेर हेरेँ । पहिलो संविधानसभा, दोस्रो संविधानसभा जहिले पनि एमाले र काँग्रेस उस्तै थिए तर एमाले र माओवादी गठबन्धन पछि म काँग्रेस चयन गरेको हुँ ।’ उनले भने– ‘उग्रबामपन्थीहरुलाई हामी उद्योगी व्यवसायी जति अरु कसले सामना गरेको छ ? साम्यवाद सैह्य छैन, यसको विरुद्ध एक होऔं ।’

केसीले खुलेरै हिन्दु धर्म स्थापना हुनुपर्नेमा जोड दिँदै क्षेत्री ब्राह्मणलाई अन्य जातमा सूचिकृत गरेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । सो अवसरमा काँग्रेस नेता शुक्रराज शर्मा, जिल्ला सभापति कष्ण केसी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन रामराज लामिछानेले गरेका थिए ।

अखण्ड पार्टी कांग्रेसमा विलय

यसअघि नै घोषणा भएपनि अखण्ड नेपाल पार्टी औपचारिक रुपमा शनिबार पोखराबाट विलय भएको छ । अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्काले पार्टीका ५४ जिल्लाका कार्यसमिति र १७४० जना नेताहरुसबै कांग्रेसमा विलय भएको घोषणा गरे । सूर्यबहादुर केसी सहित उनलाई कांग्रेस सभापति देउवाले पार्टीको सदस्यता दिए ।

खड्काले अब आफू काँग्रेसकै झण्डा छातीमा ओढेर मर्ने बताए । ‘नेबि संघमा हुँदा फुको मकै चपाउँदै झण्डा ओढेरै खटिएको अहिले सम्झेको छु अब मर्ने बेला पनि यही झण्डा ओढेर मर्छु ।’ उनले भने ।

पत्रकारले कुन शर्तमा पार्टी विलय गराउनुभएको भनेर सोध्ने गरेको भन्दै खड्काले घुमाउरो भाषामा नेताहरु विवेकी भएकाले आफूलाई न्याय गर्ने बताए । उनले दुधमा मिश्री बनेर अखण्ड नेपाल काँग्रेसमा घुलिएको भन्दै शंका नगर्न आग्रह गरे । कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका दर्जनौको नाम पढेर सुनाइएको थियो ।

कालो झण्डा देखाउँदा गौतम पक्राउ

प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो घmण्डा देखाएपछि अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमलाई प्रहरीले पक्राउ गरेको छ । कालो झण्डा देखाउने क्रममा उनलाई पोखराको पृथ्वीचोक नजिकै नागढुंगाबाट शनिबार बिहान पौने ११ बजे पक्राउ गरेको हो ।

पूर्व सांसद सूर्यबहादुर केसी, अखण्ड नेपाल अध्यक्ष कुमार खड्का लगायतलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन् । उपप्रधानमन्त्री समेत रहेका शिक्षामन्त्री गोपालमान श्रेष्ठ पनि कार्यक्रममा सहभागी थिए ।

प्रधानमन्त्री देउवा पोखरा विमानस्थलबाट कार्यक्रम स्थलतर्फ आउँदै गर्दा पृथ्वीचोक भन्दा करीव ५० मिटर दक्षिणतर्फ नागढुंगास्थित होटल तिरुपतिको अगाडि अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै शिक्षा ऐन खारेज गर भन्दै नाराबाजीसमेत गरेका थिए । प्रधामन्त्री आउने भएपछि सुरक्षा ब्यबस्था कडा बनाइएपनि सुरक्षाका लागि तैनाथ भएका प्रहरी कै अगाडि उनीहरुले कालो झण्डा देखाएका थिए ।

सुरुमा पृथ्वीचोकमै कालो झण्डा देखाउन तयार भएर बसेका विद्यार्थीलाई हस्तक्षेप गरी लखेटेपछि उनीहरु थोरै तल नागढुंगामा जम्मा भएर कालो झण्डा देखाएका थिए । यसैबीच, अनेरास्ववियु कास्कीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले विज्ञप्ति जारी गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9
Indian Rupee 
Indian Rupee
83.65
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
143.13
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀