शी जिनपिंगः एक किसान कसरी पुगे चीनको सत्ताको शिखरमा ?

शी जिनपिंगः एक किसान कसरी पुगे चीनको सत्ताको शिखरमा ?

ping

केरी ग्रेसी /बीबीसी

२१ औं शताब्दिमा यस्ता कमै नेता छन् जो गुफामा बसेका छन्, जसले खेतमा मेहनत गरेका छन् र पछि सत्ताको शिखरमा पुगेका छन् ।

पाँच दशक पहिले जब चीनमा सांस्कृतिक क्रान्तिको आँधी आयो त्यतिबेला १५ वर्षका किशोर शी जिनपिंगले एक गाउँमा कष्टकर जीवनको सुरुवात गरेका थिए । चीनको भित्री इलाकामा जहाँ चारैतर्फ पहेंला खाल्डा थिए, अग्ला पहाड थिए, त्यहाँबाट जिनपिंगको जीवनको लडाईं सुरु भएको थियो ।

जुन इलाकामा जिनपिंगले खेती–किसानीको सुरुवात गरेका थिए, त्यो गृहयुद्धको क्रममा चीनको कम्युनिष्टको केन्द्र थियो । येनानका मानिसहरु आफ्नो इलाकालाई चीनको लाल क्रान्तिलाई पवित्र भूमी भन्दथे ।

अब चीनको कम्युनिष्ट पार्टीको कांग्रेसमा शी जिनपिंगको राष्ट्रपतिको रुपमा पाँच वर्षको दोस्रो कार्यकालमाथि छाप लाग्नेछ । उनी आज एउटा यस्तो देशको नेतृत्व गरिरहेका छन् जुन निकै तिब्र रुपमा संसारको सुपरपावरको रुपमा अगाडि बढिरहेको छ ।

रोचक कुरा के छ भने जहाँ चीनको सबै भित्री इलाकालाई तिब्र रुपमा शहरीकरण गरिँदै छ, यता राष्ट्रपति शीको गाउँलाई भने जस्ताको तस्तै राखिएको छ । कम्युनिष्ट पार्टीका भक्तका लागि यो एक तीर्थस्थलजस्तै हो ।

जमिनसँग लगावः

सन् १९६८ मा अध्यक्ष माओले लाखौं युवालाई शहर छोडेर गाउँ जान आदेश दिएका थिए । उनी युवाहरुलाई जीवनको संघर्षको सामना गरेर किसान र मजदुरबाट जीवनमा अगाडि बढ्ने शिक्षा लिउन् भन्ने चाहन्थे ।

शी जिनपिंगका अनुसार माओको उक्त आदेशले उनलाई पनि अनेकौं पाठ सिकाए । ‘आज म जे छु त्यो त्यही समयको फल हो,’ उनी भन्छन् । जिनपिंगले धेरैजसो भन्ने गर्दछन्, ‘म पहेंलो माटोको छोरा हुँ । मैले आफ्नो मुटु लियांगजिआहेमा छोडिदिएको थिएँ । त्यही ठाउँले मलाई बनाएको हो ।’

जिनपिंग भन्छन्, ‘जब म लियांगजिआहे पुगें तब म १५ वर्षको किशोर थिएँ । मलाई कुनै कुराको चिन्ता थिएन । मैले त्यतिबेला केही कुरा बुझेकै थिइनँ । तर २२ वसन्तमा टेक्दा नटेक्दै मेरो सबै शंका टाढा भयो । म आत्मविश्वासले ओतप्रोत थिएँ । मेरो जीवनको उद्देश्य पूर्ण रुपमा स्पष्ट भइसकेको थियो ।’

त्यतिबेला हरेक व्यक्ति अध्यक्ष माओको चर्चित सानो रातो किताब पढ्ने गर्दथे । आज अध्यक्ष शीको बिचार ठूल्ठूला राता होर्डिङमा लेखिएको देख्न सकिन्छ । उनको सम्मानमा एक संग्रहालय पनि बनाइएको छ । उक्त संग्रहालयमा उनले आफ्नो साथी किसान–मजदुरका लागि के–के राम्रो काम गरेका छन् भन्ने बारे उल्लेख गरिएको छ ।

राष्ट्रपतिको रुपमा आफ्नो पहिलो पाँच वर्षे कार्यकालमा शी जिनपिंगले आफूलाई एक महान व्यक्तिको भूमिकामा उतारेका छन् । उनी आफूलाई एक यस्तो व्यक्तिको रुपमा पेश गर्दछन् जो जनताका नेता हुन् । उनी गरिबको घरमा जान्छन् । उनी जनताको लवजमा कुरा गर्दछन् । उनी धेरैजसो विद्यार्थीहरुलाई भन्ने गर्दछन्, ‘जीवन एक टाँक भएको सर्ट हो, जसको सुरुको टाँक सही तरिकाले लगाउनुपर्छ, नभएर सबै टाँक गलत तरिकाले बन्द हुनेछन् ।’ उनी थुप्रै पटक खानाका लागि लाइनमा उभिएका छन्, उनी आफ्नो खानाको बिल आफैं तिर्छन् ।

अनुभवः

तर एक मिथकको रुपमा शी जिनपिंगको कहानीको केन्द्र हो उनले गुफामा बिताएको सुरुवाती जीवन ।

जिनपिंग भन्छन्, ‘जसलाई सत्ताको अनुभव कम छ, उनीहरु यसलाई नयाँ अनुभव सम्झन्छन् । तर म यी पर्दा पछाडि, ठूलो गहिराइका साथ राजनीतिलाई देख्छु । म फूलको हार र तालीको गडगडाहटभन्दा पर हटेर देख्छु । म मानवीय सम्बन्धको कमजोरी देख्छु । म राजनीतिलाई गहिराइलाई बुझ्छु ।’

बाल्यकालदेखि जवानीका बिच शी जिनपिंगले दुबै प्रकारको जीवनको अनुभव गरिसकेका थिए । उनका पिता पनि कम्युनिष्ट क्रान्तिका हिरो थिए । यस्तोमा शीले एक राजकुमारको जीवनको पनि अनुभव गरेका थिए ।

त्यसपछि कम्युनिष्ट क्रान्तिको क्रममा जब उनी किसानका बिच रहे, तब त्यो अनुभवले पनि उनको जीवनमा गहिरो असर पारेको थियो ।

ज्यानको खतराः

तर साठीको दशकमा अध्यक्ष माओले आफ्नै पार्टीका नेतामाथि जस्तो खेदो खने, त्यो यातना शी जिनपिंगले पनि झेल्नुपर्यो । सुरुमा त शी का पितालाई पार्टीबाट निष्कासित गरियो । त्यसपनि उनलाई जेल पठाइयो । शीको परिवारले निकै बेइज्जती  झेल्नु पर्यो । उनको एक बहिनीको मृत्यु भयो । सायद उनले आत्महत्या गरेकी थिइन् ।

१३ वर्षको उमेरमा नै शी जिनपिंगको पढाई बन्द भएको थियो किनभने बेइजिङका सबै स्कूल बन्द गरिएको थियो । विद्यार्थीले आफ्ना शिक्षकको विरोध गर्न सकून् वा उनीहरुको हत्या गर्न सकून् भनेर यस्तो गरिएको थियो ।

परिवार र साथी बिना नै शी जिनपिंग धेरै दिनसम्म माओका रेड गार्डस्बाट लुकिछिपी हिँडे । एकपटक उनले एक रिपोर्टरसँग एक इन्काउन्टरको कुरा पनि गरेका थिए ।

शी जिनपिंगले भनेका थिए, ‘म १४ वर्षको मात्र थिएँ । रेड गार्डस्ले मलाई ‘तिमी आफ्नो अपराधलाई कति गम्भीर मान्छौ’ भनी सोधे । मैले उनीहरुलाई प्रतिप्रश्न गरें, ‘तिमीहरु आफैं अन्दाज गर, के यो मलाई मार्नका लागि काफी छ ?’ रेड गार्डस्ले ‘हामी तिमीलाई सयौं पटक मार्न सक्छौं’ भने । मेरो हिसाबले एक पटक मारिनु र पटक–पटक मारिनुमा कुनै फरक छैन ।’

शीको पीढिका धेरैजसो चीनियाँ जनता यो मान्छन् कि त्यतिबेला जब स्कूल बन्द भएको थियो, उनीहरु आफ्नो ज्यान बचाएर लुकेर हिँड्थे । त्यतिबेलाको मुश्किल अवस्थाले उनीहरुमा गहिरो असर पुर्याएको थियो । उनीहरुलाई बलियो बनाएको थियो ।

पढाईको शौखः

शी भन्छन्, ‘मलाई आफ्नो गल्ती देखाइँदा मज्जा आउन थालेको थियो ।’ यद्यपी, उनी यो पनि भन्छन् कि उनी जो सुकैको कुरलाई गम्भीरतापूर्वक लिदैन थिए ।

साठीको दशकमा चीनको गाउँको जीवन निकै कठिन थियो । बिजुली थिएन । गाउँसम्म जाने बाटो पक्की थिएनन् । खेती गर्न मेसिनको प्रयोग पनि हुँदैनथ्यो । त्यतिबेला शीले मल बनाउने, बाँध बनाउने र सडकको मर्मत गर्ने काम सिकेका थिए ।

उनी जुन गुफामा बस्थे त्यहाँ किरा माकुराले डेरा जमाएका थिए । त्यहाँ उनी इट्टाले बनाएको ओछ्यानमा अन्य तीनजनासँग सुत्ने गर्दथे । त्यतिबेला उनले खानामा दाल, बन र केही तरकारी पाउँथे । उनका एक किसान साथी लू होउशेंगले भोक लाग्दा कसैले पनि खानामा के पाउँदैछु भनेर नसोच्ने बताए ।

राती शी जिनपिंग आफ्नो गुफाको टुकीको उज्यालोमा पढ्ने गर्दथे । उनलाई पढ्ने खुबै शौख थियो र चुरोट पनि अत्यधिक पिउने गर्दथे ।

उनी धेरैजसो माओको भाषण र पत्रिका पढ्दथे किनभने पढ्नका लागि योबाहेक केही पनि पाइँदैनथ्यो ।

महत्वाकांक्षाः

शीका साथी लूका अनुसार शी निकै शान्त रहन्थे । हाँसो–ठट्यौली उनलाई मन पर्दैनथ्यो । उनी न त साथीहरुसँग खेल्ने कुद्ने गर्दथे न नै उनको रुची प्रेमिका बनाउनुमा थियो ।

१८ को उमेरमा उनी आफ्नो राजनीतिक यात्रा सुरु गर्नका लागि तयार थिए । उनी कम्यूनिष्ट यूथ लिगमा समावेश भए । २१ वर्षको उमेरमा उनी पटक पटक ठक्कर खाएपछि कम्युनिष्ट पार्टीका सदस्य बने ।

सुरुवातदेखि नै उनी वास्तविकतासँग परिचित थिए । उनको ध्यान सधैं आफ्नो लक्ष्यमा केन्द्रित हुन्थ्यो । उनका साथीहरु खेल्ने कुद्ने गरिरहेका बेला उनी भने काम गरिरहन्थे । उनी निकै महत्वाकांक्षी थिए । कम्युनिष्ट क्रान्तिपछि उनी कट्टर कम्युनिष्ट बनेका थिए ।

जब शी २५ वर्षका थिए तब उनको पिताको पार्टीमा दोस्रोपटक प्रवेश भयो । उनलाई गुआंगडंन्ग प्रान्तमा काम गर्नका लागि पठाइयो । चीनको यो ठूलो प्रान्त हंगकंगको निकै नजिक थियो । यो चीनको आर्थिक सफलताको पावरहाउस बन्यो । बुवाको मद्दतले शी जिनपिंगले आफ्नो करियर तीब्र रुपमा अगाडि बढाए । बिस्तारै पार्टीमा पनि उनका आफ्ना साथीको पनि ठूलो जमात भयो ।

सत्तरीको दशमा उनी चीनको सेनामा समावेश भएका थिए । उनले कम्युनिष्ट पार्टीको शीर्ष नेता बन्ने पक्का सोच बनाइसकेका थिए । जीवनको हरेक कदम उनी यसै उद्देश्यले उठाइरहेका थिए । सेनामा उनी पहिलो दिन देखि नै सफलताको लक्ष्य लिएर अघि बढिरहेका थिए ।

व्यक्तित्वः

शी आफूमा नै व्यस्त रहने एक व्यक्ति थिए । उनी निकै अन्तर्मुखी थिए । सायद यसै कारण थियो कि एक कुटनीतिज्ञकी छोरीसँगको उनको पहिलो विवाह सफल हुन सकेन । हाृे यसले उनलाइृ राजनीतिक रुपमा सफल बनाउन भने मद्दत गर्यो ।

जब उनी सत्ताको शिखरमा पुगे तब सबैलाई थाहा भयो । तर यसका लागि जिनपिंगले सफलताका सिँढी निकै गोप्य रुपमा चढे ।

शीले त्यतिबेला चर्चा पक्कै बटुलेका थिए जब उनले आफ्नी अहिलेकी श्रीमती पेंग लियुआनसँग विवाह गरे । पेंग एक चर्चित गायिका थिइन् । वर्षौंसम्म शीको पहिचानको उनको श्रीमानको रुपमा रहेको थियो ।

शी जिनपिंगको सुरुवाती अवस्थाको कभर गर्ने एक सरकारी पत्रकारका अनुसार उनी निकै बोरिङ व्यक्तित्व भएको व्यक्ति थिए । मानिसहरुले उनलाई निकै सजिलै बिर्सन्थे । उनी आफ्नो इज्जतमा दाग लाग्नबाट बच्नका लागि सधैं चुप र सतर्क रहन्थे ।

माओले उनको बुवालाई कसरी सताएका थिए भन्ने शीले देखेका थिए । त्यसकारण उनी सधैं चुपचाप रहन्थे । ४०–५० को उमेरमा एक वरिष्ठ नेता बनेपछि पनि उनी काम मात्र गरिरहन्थे ।

अन्दाजः

अमेरिकामा शी जिनपिंग सन् १९८५ मा केही दिन एलेनोर ड्वोरचाकको घरमा केही दिन बसेका थिए । उनी उनका छोरासँगै उनको कोठामा सुत्दथे जहाँ ढोकामा ‘स्टारट्रेक’ फिल्मको पोष्टर टाँसिएको थियो । एलेनोरको घर अमेरिकाको आयोवा प्रान्तको मस्केटिन शहरमा छ । जब सन् २०१२ मा जिनपिंग आयोवाको भ्रमणमा आएका थिए तब एलेनोरले बताएका थिए कि कसैलाई यो शंका पनि थिएन कि उनको घर आएका व्यक्ति एक दिन कुनै देशको राष्ट्रपति बन्नेछन् ।

सन् २०१२ मा शी जिनपिंग चीनको कम्युनिष्ट पार्टीका नेता बने । उनी कम्युनिष्ट पार्टीका सम्पूर्णै खेमाको सहमतीबाट चुनिएका नेता थिए ।

तर कसैलाई पनि यो थाहा थिएन कि अर्को पाँच वर्षमा उनी कस्तो नेताको रुपमा पेश हुनेछन् ।

पाठ पढाए

सन् २०१५ को जून ११ तारिखमा सेतो कपाल भएको एक व्यक्ति एक अदालतको कठघरामा उभिएका थिए । उनी ती सुरक्षाकर्मीले घेरिएका थिए जो कुनै बेला उनको आदेशका पालना गर्दथे ।

वर्षौंसम्म यी व्यक्ति चीनमा डरको दोस्रो नाम थिए । चीनको पुलिसमाथि उनको नियन्त्रण थियो । उनी अर्धसैनिक बलको, जेलको र गुप्तचर अपरेशनको अगुवा थिए तर साढे एक वर्षमा नै भाग्यले कोल्टो फेर्यो र उनी कानूनको त्यही अदालतमा अपराधीको रुपमा खडा थिए, जुन सिस्टमलाई कुनै बेला उनी आफैंले नियन्त्रण गर्दथे ।

ती व्यक्तिको नाम थियो चाउ योंगकांग । चीनमा कम्युनिष्ट शासनको इतिहासमा कानूनको सामना गर्नेमध्ये उनी सबैभन्दा वरिष्ठ नेता थिए ।

चाऊसहित बो शीलाई नामका एक नेतालाई पनि यसैगरी जिनपिंगले कानूनको पाठ पढाए । आरोप थियो – बो, चाऊ र अन्य दुई फौजी नेता मिलेर पार्टीको एकतालाई हानी पुर्याउने षड्यन्त्र रच्नु ।

सरकारको निर्णयः

सरकारको खर्च रोक्नका लागि शी जिनपिंगले ठूल्ठूला भोजको आयोजनामा रोक लगाए । उनी कारको लस्कर लगाएर हिँड्नुको साटो थुप्रै पटक भ्यानमा यात्रा गर्दथे ।

जब उनी सत्तामा आए तब उनले जनतासँग निकै पारदर्शी सरकारको वचन दिएका थिए । शीले भ्रष्टाचार विरुद्ध कडा कारवाहीको भरोसा दिएका थिए । उनी हरेक साना ठूला नेतालाई पाठ पढाउन चाहन्थे । उनले यी वचनलाई निकै कडा रुपमा निभाए ।

जो पैसा कमाउन चाहन्छन् उनीहरुलाई कम्युनिष्ट पार्टीमा नआउने आदेश उनले दिएका थिए ।

कम्युनिष्ट पार्टी वर्षौंदेखि घुसखोरी, भ्रष्टाचार र नातावादबाट चल्दै आएको छ । यो सिस्टमलाई उन्मुलन गर्नका लागि केही ठूला माछामाथि कारवाही गरेर मात्र पर्याप्त थिएन ।

शी जिनपिंगले विभिन्न आदेश जारी गरे । पार्टीको हरेक नेताको अफिसको आकारदेखि नेताको खानपिनमा प्रयोगष् हुने भाँडाकुँडाको संख्यामा पनि नियम बनाएका थिए । उनी धेरैजसो गाउँलेलाई भेट्न जान्थे । उनी आफूलाई कम्युनिष्ट पार्टीका धनी र भ्रष्ट नेताभन्दा भिन्न राखेर पेश गर्दथे ।

भ्रष्टाचारमाथि हमलाः

तर अनेकौं कोसिस गर्दा पनि शी आफूलाई पार्टीका धनी नेताको जमातबाट अलग्ग्याउन सकेनन् । शी राष्ट्रपति बन्नुभन्दा अघि नै उनका थुप्रै आफन्त करोडपती भइसकेका थिए । यद्यपी, यसमा शीका कुनै योगदान छ छैन, त्यसको प्रमाण केही छैन ।

शीलाई थाहा छ कि चीनको समाज कति भ्रष्ट भइसकेको छ । धनीहरुको लोभनले पूरा सिस्टमलाई गाँजिसकेको छ ।

जस्तै चाऊ योंगकांगलाई नै हेर्नुहोस् । उनको परिवार किसान थिए । आम्दानी बढाउनका लागि उनी माछा समात्ने गर्दथे । उनको परिवारको जेठो छोरा इन्जिनियर बनेपछि निकै इज्जत कमाए । त्यसपछि सफलता र भ्रष्टाचारको यस्तो ककटेल बन्यो कि चाऊ निकै शक्तिशाली व्यक्ति बने ।

यो नेटवर्कलाई शी जिनपिंगले निकै कष्टपूर्ण तरिकाले तोडेका छन् । चाऊको अदालतमा पेशीपूर्व उनका एक कारोबारी पार्टनरलाई मृत्युको सजायँ दिइयो ।

यद्यपी, चाऊका गाउँलेले उनलाई गलत सजायँ दिएको मान्छन् । उनले पार्टी र देशका लागि निकै काम गरेका थिए । तर शी जिनपिंगले उनीमाथि झुटो आरोप लगाए । चाउ कम्युनिष्ट पार्टीमा शी जिनपिंगको विरोधी खेमासँग सम्बन्धित छन् पनि भन्ने गरिन्छ ।

अभियानः

पछिल्लो पाँच वर्षमा ठूला नेता र कारोबारीको जमात अचानक गायब भए । यीमध्ये धेरै चीनमा नजरबन्द छन् भनिन्छ । सन्देश स्पष्ट छ कि शी जिनपिंगसँग निहुँ खोजे मर्नेछौ ।

भ्रष्टाचारको आरोपमा शी जिनपिंगले धेरै नेतालाई पार्टीबाट निष्कासित गरेका छन् । शीका विरोधी र बागी नेता गुओ वेन्गुईका अनुसार शीका निकै नजिकका वांग किसान आफू पनि भ्रष्टाचारी हुन् ।

गुओ वेन्गुई, न्यूयोर्कमा बस्छन् । उनी यू–ट्युबमा धेरैजसो शीका नजिकका नेतामाथि हमला गर्दछन् । तर उनले अहिलेसम्म शी जिनपिंगमाथि कुनै सिधा आरोप लगाएका छैनन् ।

सर–सफाइको अभियानका बाबजूद कम्युनिष्ट पार्टीमा भ्रष्टाचार कम भएको छैन । जति पनि कारवाही भएका छन्, त्यो पनि स्पष्ट देखिँदैन । तर सिस्टमलाई सफा गर्ने शी जिनपिंगको उद्देश्यमा अलिकति पनि कमी आएको छैन ।

इन्टरनेटमाथि नियन्त्रणः

बराक ओबामा र शी जिनपिंगको एक तस्बिरले चीनमा निकै बबाल मच्चाएको थियो । जिनपिंग र ओबामाको तुलना कार्टून क्यारेक्टर विनी द पूमार्फत गरिएको थियो ।

त्यतिबेलादेखि इन्टरनेटमा चीन निकै कडा रुपमा सेन्सर गरिएको छ । चीनले इन्टरनेटमा सधैं कडा निगरानी राखेको छ । यसको विरोध पनि हुने गरेको छ र हाँसोमा पनि उडाइन्छ ।

चीनमा ७५ करोड जनता इन्टरनेटको प्रयोग गर्दछन् । यो संख्या यूरोप र अमेरिकालाई मिलाएर इन्टरनेट प्रयोग गर्नेभन्दा धेरै हो । शी जिनपिंग चीनलाई साइबार सुपरपावर बनाउन चाहन्छन् ।

शी जिनपिंग एकफर्त पार्टीमा नियन्त्रणको लडाईं लडिरहेका छन् भने दोस्रोतर्फ इन्टरनेटमा पनि नियन्त्रण पाउन सकिन्छ । कानून र प्रविधीको मद्दतले उनले इन्टरनेटमा निकै हदसम्म प्रतिबन्ध लागू गरेका छन् ।

निगरानीः

तर शी जिनपिंग चाहन्छन् कि चीन एक धनी मुलुक होस् । देश एकजुट र बलियो होस् । देशमा एउटा पार्टीको मात्र राज होस् । मानिसहरु अनुशासनमा बसून् । उनी मानिसहरुलाई पूर्ण रुपमा बफादार बनाउन चाहन्छन् ।

यूनिभर्सिटीमा पार्टीको पहुँच बढाइँदैछ । किताबबाट पश्चिमी सभ्यताको निशाना मेटाइँदै छ । नीजि कम्पनीमा पनि कम्युनिष्ट पार्टीको सदस्यताको शाखा खोलिँदै छ ।

साइबर दुनियाँमाथि चीनको सरकार निकै कडा छ । विदेश जाने नागरिकमाथि पनि साइबर सुरक्षा एजेन्सीको ध्यान केन्द्रित हुन्छ । शी जिनपिंग त्यतिबेला चीनका राष्ट्रपति बनेका थिए, जब अरब देशमा इंकलाब आएको थियो । उनी कुनै पनि हालतमा चीनमा यस्तो होस् भन्ने चाहँदैनथे ।

इन्टरनेटमा कडा निगरानीका लागि शी जिनपिंगको सरकारले ठूलै लगानी गरिरहेको छ । नयाँ प्रविधीमार्फत आन्तरिक सुरक्षाको ढोका बलियो बनाइँदैछ ।

ताकतः

शी जिनपिंगको शक्ति चीनियाँ नागरिकलाई मात्र छैन । सन् २०१४ मा अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबटले जर्मन चान्सलर एन्जेला मर्केललाई आफ्नो चीन नीतिबारे बताएका थिए । एबटले त्यतिबेला भनेका थिए, ‘अष्ट्रेलियनको चीनसँगको सम्बन्ध डर र लोभको हो ।’

संसारभरी यो बताउने कोसिस गरिँदै छ कि चीन कति शक्तिशाली छ । शी जिनपिंग चीनियाँ मूलका नागरिकलाई आफ्नो देशको महान इतिहास र शक्तिबारे मानिसलाई बताउन अपिल गर्दछन् ।

चीनको पैसाको ताकत संसारभरी फैलिएको छ । सन् २०१५ मा जब उनी अमेरिकाको यात्रामा गए तब एप्पल, माइक्रोसफ्ट, सिस्को, अमेजनजस्ता कम्पनीका मालिक लाइन लागेर शीसँग भेट्ने प्रतिक्षा गरिरहेका देखिए ।

चीनमा प्रतिबन्धित फेसबुकमा प्रमुख मार्क जुकरबर्गले पनि शीलाई भेटेका थिए । गुगलमाथि पनि चीनमा प्रतिबन्ध छ । त्यसका अधिकारीलाई शीसँग भेट्न अनुमती नै दिइएन ।

शी जिनपिंग इन्टरनेटर र साइबर स्पेसमा कडा नियन्त्रण राख्न चाहन्छन् । यसकारण उनका लागि यस्ता ठूला साइबर कम्पनीमाथि नियन्त्रण पाउन आवश्यक छ ।

कस्तो राजनीति ?

शी माओको परम्परालाई अगाडि बढाउन चाहन्छन् । उनी आफूलाई माओका उत्तराधिकारी मान्छन् । उनले देशवासीलाई चीनलाई धनी र शक्तिशाली बनाउने बचन दिएका छन् । उनलाई थाहा छ कि मानिसहरुको राजनीतिमा रुची कति खतरनाक हुनसक्छ । त्यसकारण उनी नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता धेरै प्रदान गरिनुपर्ने हकमा छैनन् ।

शीले सोभियत संघको विघटनबाट पनि जीवनको पाठ सिकेका छन् । उनी मान्छन् कि सोभियत संघको पतन यसकारण भया किनभने उनले आफ्नो उद्देश्य नै बिर्सिएका थिए । उनी आफ्नो लक्ष्यबाट भड्किएका थिए ।

उनले एक भाषणमा सोभियत कम्युनिष्ट पार्टीमा चीनको कम्युनिष्ट पार्टीभन्दा धेरै सदस्य भएको बताएका थिए । तर पनि कसैले विघटन रोक्ने कोसिस गरेनन् । उनी खुल्लापनका कडा विरोधी हुन् ।

शीले धेरैजसो ११ औं शताब्दलीका चीनियाँ विचार सू शीको उदाहरण दिने गर्दछन् । जसले आन्तरिक खतरा भयानक बताउने गर्दथे । उनले स्थितीमाथि कडा निगरानीको आवश्यकता भएको बताउने गर्दथे नभए भित्रि खतराले तहसनहस बनाउने गर्दछ ।

शी जिनपिंग आफ्ना नागरिकलाई चीनको जीवन मूल्यलाई अपनाउन सल्लाह दिन्छन् । पश्चिमी सोचबाट प्रभावित नहुन अपिल गर्छन् किनभने उनका अनुसार अरुको नक्कल गर्दा आफ्नो पहिचान गुमाइन्छ ।

शी जिनपिंगको कार्यकालमा मुसलमान, इसाइ, मजदूर कार्यकर्ता, ब्लगर, पत्रकार, महिलावादी र वकिल सबैलाई जेल पठाइएको छ । उनी आन्दोलन गर्नेलाई रुचाउँदैनन् । उनी खुल्ला रुपमा सरकार र पार्टी विरुद्ध बोल्नेहरुलाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् ।

खतराः

वर्षौंदेखि चीनका बादशाहले देशको ताकतलाई दुई तरिकाले पेश गर्ने कोसिस गरेका छन् । एकतर्फ चीनको रणनीतिसम्बन्धि ताकत दोस्रोतर्फ त्यसको सफ्ट पावर । उनीहरु दुबै बिच सन्तुलन बनाउने कोसिस गर्दै आएका थिए ।

चीनको कम्युनिष्ट इतिहासको उत्सव मनाउने बेला शी जिनपिंग पनि यही गर्दछन् । एकातिर उनी चेयरम्यान माओको कम्युनिष्ट क्रान्तिको अगाडि शिर निहुराउँछन् भने अर्कोतर्फ देंग शियाओ पिंगको आर्थिक क्रान्तिको अगाडि पनि शिर झुकाउँछन् । अर्थात्, उनी मार्क्सवादको सम्मान गर्दछन् । साथै आर्थिक खुल्लापनको पनि उत्सव मनाउँछन् ।

उनको चीनियाँ सपनाको अर्थ हो – एक बलियो चीन ।

चुनौतीः

चीनबारे सिंगापुरका महान नेता ली कुआन यूले भनेका थिए, ‘उनी दुनियाँका इतिहासका सबैभन्दा ठूला खेलाडी हुन् ।’

सन् २०१२ मा सत्तामा आएपछि शीले चीनलाई सबैभन्दा ठूलो खेलाडी बनाउने सोचेका थिए ।

चीनको कम्युनिष्ट पार्टीको सयौं वर्षगाँठ अर्थात् सन् २०२१ सम्म चीन आर्थिक सफलताको मामलामा औसत देश हुनेछ । यस्तै चीनमा कम्युनिष्ट सत्तामा आएको सय वर्ष पूरा हुँदा अर्थात् सन् २०४९ सम्म चीन पूर्ण रुपमा विकसित, धनी र शक्तिशाली देश बन्नेछ ।

चाँडै नै चीनको अर्थव्यवस्था अमेरिकाभन्दा ४० प्रतिशत ठूलो हुनेछ । सन् २०४९ सम्म बिक्रि गर्ने ताकतमा चीनको अर्थव्यवस्था अमेरिकाभन्दा तीन गुणा ठूलो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀