नेपाली महाबाणिज्यदूतावासको माग गर्दै टेक्सस र क्यालिर्फोनिया बस्ने नेपालीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको टेक्सस राज्य र क्यालिर्फोनिया राज्यमा महाबाणिज्य दूतावासको माग गर्दै यस क्षेत्रका सामाजिक तथा राजनीतिक संघ सस्थाहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।
राहदानी, नागरिकता लगायतका काम गर्न वासिङटन डिसी, न्यूयोर्क जानु पर्ने बाध्यता र नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र भएकाले महाबाणिज्यदूतावास कार्यालयको माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । टेक्सास नेपाली समाजका अध्यक्ष राजेन्द्र वाग्लेले सबै भन्दा धेरै नेपाली बिद्यार्थी र नेपालीहरुको बस्ती रहेको टेक्सस क्षेत्रमा बाणिज्यदूतावास अनिवार्य रहेको बताए ।
न्यूजपालीसँग कुराकानी गर्दै वाग्लेले भने, हाम्रा साथीहरुले प्रधानमन्त्रीलाई बुझाउ सक्नु भएको थिएन्, हामीले यस पटक कार्यालय आवश्यकता बारे बुझाएका छौं । अध्यक्ष वाग्लेले भने, हामीलाई यहाँ महाबाणिज्यदूतावास दिइयोस हामीले कार्यालय नाफामा चलाउँछौं ।
उनले थपे, हेर्नुस सबै भन्दा धेरै नेपाली बिद्यार्थी यतै छन्, अन डकुमेन्ट नेपालीहरु पनि यस क्षेत्रमा बढीनै छन् । नेपालीहरुले राहदानी बनाउन न्यूयोर्क वासिङटन डिसी जानु पर्ने बाध्यता हामीसँग छ । वाग्लेले भने, कन्सुलेटका लागि हामीले कार्यालय फ्रि दिन्छौं, यस क्षेत्रमा रहेका सामाजिक संघ सस्थाहरुबाट पनि हामीले सामुहिक ऐक्यवद्धता लिएका छौं, यसर्थ हामीलाई कार्यालय दिइयोस । उनले नेपाली समाजको बृहत्तर हितका लागि सबैलाई एक जुट हुन आग्रह गर्दै जानु पर्ने र यस बिषयमा प्रधानमन्त्री सकारात्मक रहेको बताए ।
यस्तै क्यालिर्फोनिया क्षेत्रमा पनि महाबाणिज्यदूतावास अत्यन्तै आवश्यक रहेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईको छ । जनसम्पर्क समिति नर्दन क्यालिर्फोनिया च्याप्टरका तर्फबाट ज्ञापन पत्र बुझाइएको छ । च्याप्टरका नारायण खनालले भने, सम्माननीय प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, उनले यो बिषयमा काम अगाडि बढाउने प्रतिवद्धता प्रधानमन्त्रीले दिएको बताए ।
खनालले परराष्ट्रमन्त्री डाक्टर आरजु देउवा राणलाई समेत यस बिषयमा जानकारी गराइएको र परराष्ट्रमन्त्रीबाट दूतावास खोल्ने बिषयमा सकारात्मक प्रतिकृया पाएको बताए । उनका अनुसार परराष्ट्रमन्त्रीले दूतावास खोल्ने कुरा यथाशीघ्र प्रकृया अगाडि बढाउने जानकारी दिएकी छन् ।
भर्खरै
उद्योगका विद्युत लाइन जोडिँदै
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
धान कुटाउन गएकी किशोरीको हत्या
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं