कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताएका छन । पर्वतको लुंखुदेउरालीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले अघिल्लो गठबन्धन भत्किएर पुनःगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताए ।
उनले अर्थतन्त्रलाई लयमा फर्काउनेदेखि लिएर मुलुकमा सुशासन कायम गराउन सरकारलाई मुख्य चुनौती रहेको भन्दै अबको आठ÷दश महिनामा धेरै कुरा परिवर्तन हुने जनाएका छन। मन्त्री गिरीले सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रवर्द्धनका लागि कामअघि बढाइ सकिएको बताउँदै न्यूनतम् साझा कार्यक्रमको सफल कार्यान्वयन गर्नतर्फ अग्रसर भएको दाबी गरे । मन्त्री गिरीले बढ्दो युवा पलायन रोक्नका लागि उचित युवामैत्री नीति ल्याउनतर्फ आफू लागेको बताए ।
गरिबमैत्री, युवामैत्री, लगानीमैत्री कानुन र नीतिकै अभावमा तमाम समस्या पैदा भएको भन्दै अब नागरिकमैत्री ऐन कानुन यो सरकारले ल्याउने दाबी गरे । अहिलेको सरकारलाई काम नगरी दिन कटाउने छुट नभएको उनको भनाई छ ।
विगतका सरकारले सत्ता टिकाउने खेल मात्र खेलेका कारण मुलुक आज यो अवस्थामा पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासका लागि सरकारले चार वर्षसम्मै काम गर्ने उनको भनाइ छ । मन्त्री गिरीले यो सरकार पूरै कार्यकालसम्म रहने दाबी समेत गरेका छन । उनले लामो समयदेखि विचाराधीन रहेका विधेयक यो सरकारले आवश्यक प्रक्रिया पूरा गरी धमाधम संसद्मा पेश गर्ने र पारित गर्ने बताए ।
मन्त्री गिरीले विकास निर्माणमा तीनै तहका सरकारबीच समझदारी आवश्यक रहेको जनाए । ठूलो योजना सङ्घीय सरकारबाट, मझौला खालका योजना प्रदेश र साना योजना स्थानीय तहबाट कार्यान्वयन गर्न सकेमा मात्र एकीकृत विकास हुने उनको भनाइ छ ।
आफूलाई दुई/दुई पटकसम्म प्रतिनिधिसभामा विजयी गराएर पठाउने पर्वतवासी नागरिकका चाहना र आवश्यकता पूरा गर्नका लागि हरदम प्रयासमा लागेको उनको भनाइ छ । उनले योजनालाई प्राथमिकीकरण गरेर बजेट माग गर्न पनि आग्रह गरे । सबैभन्दा बढी आवश्यक र धेरै जनताको माग भएका योजनालाई पहिलो प्राथमिकतामा र कम आवश्यकता भएका योजनालाई पछि बनाउने गरी बजेट माग गर्न उनले आग्रह गरेका छन ।
भर्खरै
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश [आदेशसहित]
जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं