न्यूयोर्कस्थित लङ्गआइल्याण्ड नेपाली समाजको ७ औं अधिवेशनबाट कुलप्रसाद गौली (राजन) अध्यक्षमा निर्वाचित भएका छन् । हिजो शनिवार सम्पन्न अधिवेशनबाट दुई बर्षे कार्यकालका लागि अध्यक्षमा गौली निर्वाचत भएका हुन ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार, गौलीले २९३ मत प्राप्त गरे भने, अध्यक्षका अर्का प्रत्यासी बाबुराम शर्माले २४० मत प्राप्त गरेका छन । निर्वाचन समितिका संयोजक महेश खड्काका अनुसार बरिष्ठ उपाध्यक्षमा सावित्रा शिवाकोटी, उपाध्यक्ष पदमा गोकुल र इन्दिरा सिंखडा सापकोटा विजयी भएका छन् । यस्तै महासचिव पदमा राजेन्द्रकुमार कार्की विजयी भएका छन ।
यस्तै सचिवमा दिपक अधिकारी र मोहन क्षेत्री, कोषाध्यक्षमा निर्मल थपलिया, सहकोषाध्यक्षमा रामकुमार राई निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा अम्बिका कुमाल, बिकास मैनाली, बिमला भण्डारी, ज्ञानु चन्द, नमिता पौडेल, निरज सापकोटा, राजकुमार तामाङ, रवि खडका, रोशनी सिटौला, सुजन रेग्मी, सुमन बास्तोला र डा. भिमराज गिरी निर्वाचित भएको जानकारी दिइएको छ ।
अध्यक्षमा निर्वाचित गौलीले संस्था र समाजको हितका लागि सबै पक्षसँग मिलेर जाने प्रतिकृया दिएका छन् । निर्वाचन प्रकृया अनुसार बिजेता, उपबिजेता भएपनि कसैको हार र जित नभनी संस्थाको हितमा लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
भर्खरै
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं