काठमाडौं, १० कार्तिक / अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ।
बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ।
गत असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका भएपनि नेपाल आइडलका विजेताहरुको अति व्यस्तताका कारण शुक्रबार मात्र पुरस्कार वितरण गरिएको हो। नेपाल आइडल नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता हो।
उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका थिए।
भर्खरै
अधिकारीको धम्पुस गाउँ सालैजो गीत बजारमा
उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ गीत सार्वजनिक
डा. थापाले ल्याए ‘अब त जनतासँग नहोस् हजुर झेल’ गित
पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा
पाँच लाखको दुलही ड्रेस पोखरा फेशन विकमा
फेशन अवार्ड नेपाल र पोखरा फेशन विक हुने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं