नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका क्रममा बाग्लुङ आईपुगेका राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका हुन । बागलुङ उद्योग बाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो ।
आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले व्यावसायीक क्षेत्रमा पाएको सफलताले बागलुङको चिनारी थप विस्तार भएको भन्दै उनलाई सम्मान गरिएको हो । सामान्य परिवारमा जन्मिएका अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायीक क्षेत्रमा सफलता प्राप्त गरेका हुन । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान अमूल्य रहेको उल्लेख गर्दै, महोत्सव आयोजकलाई धन्यवाद ज्ञापन गरेका छन ।
कार्यक्रममा अध्यक्ष ढकालसँगै बागलुङका अर्का व्यवसायी अशोक शेरचनलाई समेत सम्मान गरिएको छ । शेरचन प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत छन । उनिहरु दुवैजनाले बैंकिङ लगायतका क्षेत्रमा लगानी गरेका छन ।
बागलुङ महोत्सवको सुरुआतदेखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्व अध्यक्षहरुलाई पनि सङ्घले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सहदेव राजभण्डारी तथा पूर्व अध्यक्षहरु क्रमशः ध्रुवराज गौतम, बसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी रहेका छन । कोरोना सङ्क्रमणका कारण बागलुङ महोत्सव चार वर्षपछि आयोजना गरिएको हो । महोत्सव पुस २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । रासस
भर्खरै
नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन
प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा सञ्चालन हुने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं