बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले जितेका छन । डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो । प्रथम बनेसँगै पन्तले एक लाख नगद र प्रमाणपत्र प्राप्त गरेका छन ।
यसैगरी, दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको हो । दोस्रोलाई ६० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी, तेस्रोमा विजय हिताङको चेपाङ, चमेरा र च्युरी कथा बनेको छ । कथालाई ४० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कथाकारलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सम्मान गरेका छन । कार्यक्रममा श्रेष्ठले नेपाली साहित्यलाई अगाडि बढाउन बाह्रखरी मिडियाले गरेको साहस सराहनीय भएको बताए ।
उनले मुलुकले साहित्यकारको सम्मान गर्नुपर्ने बर्ताए । “साहित्यकारले आफ्नो सिर्जनाको भरपुर लाभ लिन सक्नुपर्छ,” उनले भने । जुन देशमा साहित्यकारले उपेक्षा भोग्छ, त्यो देश अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । डिसहोम प्रालिका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य देवीप्रसाद भट्टचनले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि लैजानका लागि नेपाली सञ्चारमाध्यमको ठूलो भूमिका रहेको उल्लेख गरे ।
बाह्रखरी मिडिया प्रालिका अध्यक्ष, वरिष्ठ पत्रकार प्रतीक प्रधानले बाह्रखरी मिडियाले नेपाली साहित्यको क्षेत्रलाई अगाडि बढाउनका लागि कथा लेखन प्रतियोगिता आयोजना गरेको जानकारी दिए । प्रतियोगितामा समावेश भएका आठ सय ४३ प्रतिस्पर्धीमध्ये ‘बुढो लाँकुरीको रूख’ सर्वोत्कृष्ट भएको हो ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा बस्ने नेपाली कथाकारले लेखेको आठ सय ४३ कथामध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरी पुस्तक प्रकाशन गरिएको छ । कथा सङ्ग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागिरथी श्रेष्ठ, भाउ पन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समावेश गरिएका छन् ।
निर्णायक समितिका संयोजक प्रा.डा. सावित्री कक्षपतीले नेपाली कथाको क्षेत्रमा बाह्रखरी मिडियाले कथा प्रतियोगिता गरेर नयाँ कामको सुरुआत गरेको बर्ताए । निर्णायक समितिमा प्राडा कक्षपतिसँगै साहित्कार महेशविक्रम शाह र सुबिन भट्टराई सदस्य रहेका थिए ।
भर्खरै
कृपाको चिसो बतास बजारमा
गीतकार शिव पलाँसको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं