पोखरा–५ पस्र्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउँथे । तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेसतिर पठाउन सकेका छैनन् । ‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहँु, पर्वतलगायत जिल्लामा उत्पादित सुन्तला बिक्री गर्ने मुख्य केन्द्र पोखरा बजार हो । पोखराबजारमा ल्याइएका सुन्तला लिएर यहाँका व्यापारी पूर्वी तराईका जिल्लासम्म जाने गर्छन् ।
केही वर्षदेखि कास्कीलगायत जिल्लामा सुन्तलाको बोटमा देखापरेको ‘ग्रिनिङ भाइरस’ रोगका कारण यस क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । सुन्तलामा देखापरेको रोगसँगै साना दाना र बोक्रामा दाग देखापर्ने गरेको कास्कीका किसान भोलाप्रसाद पोखरेलले जानकारी दिए । यस क्षेत्रमा सुन्तला उत्पादन बढी हुने जिल्लाको रूपमा स्याङ्जा मानिदै आएको छ । तर त्यहाँको सुन्तलामा दाग देखिन थालेको व्यापारी राजेश कार्कीको भनाई छ । रसिला नहुँदा र बोक्रामा दाग हुँदा उपभोक्ताका रोजाइँमा स्याङ्जाको सुन्तला कम पर्ने गरेको छ । पश्चिम स्याङ्जाका सुन्तला बिक्रीका लागि केही बुटवल पनि लैजाने गरिएको छ ।
सुन्तलाको बोटमा रोग देखिएकै कारण कास्कीमा भने सुन्तला उत्पादन शून्य प्रायः छ । केही मात्रामा कास्कीको निर्मलपोखरीको दोपरेमा मात्र सुन्तला देख्न सकिन्छ । पछिल्ला वर्ष म्याग्दी, बागलुङ र पर्वतलगायत स्थानका सुन्तला स्वादिष्ट र ग्राहकको रोजाइँमा पर्ने गरेको जानकारी सुन्तला व्यापारी देवीप्रसाद कँडेलले दिए । यहाँ फल्ने सुन्तलामा चिल्ला र पातला बोक्रा हुँदा स्वादिष्ट हुने गरेको उनको भनाइ छ ।
पोखराका उपभोक्ताले यतिबेला सुन्तलाको मूल्य प्रतिकेजी ४० देखि एक सय २० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । तर किसानले त्योभन्दा निकै कम मूल्य पाउने गरेका छन् । म्याग्दी जिल्ला निवासी सुन्तला व्यापारी मनबहादुर क्षेत्रीले यस वर्ष म्याग्दीबाट तीन खेप सुन्तला पोखरा बजारमा ल्याए तर तिनै पटक नोक्सान व्यहोर्नुपरेको गुनासो सुनाउँदै अब १५ दिन सुन्तला नल्याउने सोचमा छन ।
गाउँमै पुगेर किसानसँग आफूले ७० रुपैयाँमा सुन्तला खरिद गरेको तर पोखरा बजारमा ल्याउँदा त्यो मूल्य पनि पाउन नसकेको दुखेसो उनले पोखे । ‘म्याग्दीबाट पोखरा सुन्तला ल्याइ पुराउँदा ढुवानी र मजदुरलाई मात्र प्रतिकेजी १५ बुुझाउनुपर्ने हुन्छ, क्षेत्रीले भने, “म्याग्दी र बाग्लुङको सुन्तला स्वादिष्ट र केही महङ्गो पर्छ भन्ने कुरा उपभोक्ताले बुझ्न नसक्दा घाटा पनि व्यहोर्नुपरेको छ ।”
स्याङ्जाबाट ल्याउदा प्रतिकेजी ढुवानी र मजदुर लागत सात पर्ने र सुन्तलाको मूल्य सस्तो पर्ने भएकाले व्यापारीले नोक्सान व्यहोर्नुनपर्ने भनाइ क्षेत्रीको छ । तराई क्षेत्रका जिल्लामा यस वर्ष सुन्तला खपत कम भएको जानकारी क्षेत्रीले दिए । सुन्तला जातको किबु तराईका जिल्लामा प्रतिकेजी ३० मा पाइने भएकाले पनि यस क्षेत्रका सुन्तला त्यो क्षेत्रमा कम बिक्री हुने गरेको सुन्तला व्यापारी श्यामकृष्ण अधिकारीले बताए ।
पोखराका तरकारी तथा फलफूल बजारस्थलमा यतिबेला सुन्तलाका थुप्रा त देखिन्छन् तर ती सुन्तलाको रसिलोपन भने प्रतिवर्ष घट्दै गएको छ । यहाँका व्यापारीले ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौँडाल, काठमाडौँलगायत बजारमा थोक रुपमा बिक्री गर्न छानेर लाने गर्छन् ।
तराईका जिल्लामा सुन्तला नपाइने भएकाले पनि व्यापारीले पोखराको भन्दा बढी मूल्यमा बिक्री गर्ने गरेका छन् । पोखराबाट वर्षेनी २० देखि २५ करोड मूल्यको सुन्तला बिक्री हुने गरेको व्यापारी बताउँछन् । सुन्तलाको सानो दानाको कारण कहिलेकाही घाटा पनि हुने गरेको व्यापारी रमेश रायमाझीले बताए । राम्रो सुन्तला प्रतिकिलो ७० मा बिक्री हुन्छ तर सानो दानाको मूल्य ठूला व्यापारीले प्रतिकिलो २५ निर्धारण गर्दा नोक्सान व्यहोर्नुपरेको बताउँछन । ‘सुन्तलाको पहिचान गर्न नसक्दा घाटा हुने सम्भावना रहन्छ, रायमाझीले भने, “किसानले बिक्री गर्ने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा अन्तर बढी हुँदा पनि नोक्सान हुने गर्छ ।”
भर्खरै
“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं