पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा वर्षेनी जङ्गली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिझोडाको बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक स्थानीय युवाको मृत्यु भएको छ । जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर घर फर्किने क्रममा २५ वर्षीय रविन खड्कालाई हात्तीले आक्रमण गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनसिंह भण्डारीले जानकारी दिए ।
सामुदायिक वन क्षेत्रको बाटोमा हात्तीले आक्रमण गरेपछि खड्कालाई उपचारको क्रममा धरान घोपाक्याम्प लागेपछि उपचारको क्रममा निधन भएको उनले जानकारी दिएका छन । हात्तीले किचेर खड्काको मृत्यु भएपछि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले मृतकको घर पुगेर पीडित परिवारलाई एक लाख क्षतिपूर्ति दिने बताए। उनले थप घटना हुन नदिन रातको समयमा जिल्ला वनका वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित संयुक्त टोलीले आवश्यकअनुसार गस्ती गरिने तयारी भएको बताए ।
चारकोशे जङ्गल क्षेत्रमा हिउँदको समयमा हरेक वर्ष हात्तीको चलहपहल बढ्ने गरेकोले मानवीय तथा भौतिक संरचनामा हानी हुने गरेको स्थानीय बताउँछन् । सुनसरीको इटहरीस्थित तालतलैया, पानीपिया तथा शान्तिनगर क्षेत्रमा दजनौँ जङ्गली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डा मच्चाउने गरेको प्रहरीको भनाइ छ ।
सुनसरीको इटहरी २ मा हात्तीको बथान चार कोसे जङ्गलबाट गाउँ पस्न लागेपछि स्थानीय हात्ती धपाउन जुटने गरेका छन् । यहाँको राइचोक नजिक जङ्गली हात्तीले रातको समयमा एक स्थानीयको घर भत्काएर क्षति पुराएको छ । मोरङको बेलबारी नगरपालिकाको विभिन्न वडामा हात्तीले उपद्रो मच्याए पछि नगरप्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापा कोइरालालगायत जनप्रतिनिधिले अनुगमन गरेका छन् । बेलबारी–१ मा किसानले लगाएको धानबालीलगायत अन्य नगदे बालीनालीमा हात्तीको बथानले नष्ट गर्दा क्षति भएको बेलबारी नगरपालिकाका नगरप्रमुख राईले बताए ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं