उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको जानकारी दिएका छन । भूकम्पपीडित परिवारका लागि राहत लिएर रुकुम पश्चिम पुग्नुभएका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै, आइतबार सम्म सबै पीडितलाई राहत सामग्री पु¥याउने जानकारी दिए । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनि प्रभावित क्षेत्रमा पुगेका हुन ।
उपप्रधानमन्त्री खड्काले रूकुम पश्चिम पु¥याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिका, रूकुम पश्चिमको चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा पाँच÷पाँच सय तथा सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण गरिनेछ ।
यही कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गए यता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय छन । स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै, राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्ग मार्फत उनि राहत वितरण कार्यमा केन्द्रित छन। रासस
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं