आइसीसी एक दिवसीय विश्वकपमा अष्ट्रेलियाले कीर्तिमानी जित हाँसिल गरेको छ । भारतको नयाँ दिल्लीमा भएको खेलमा अष्ट्रेलियाले नेदरल्यान्ड्सविरुद्ध ३ सय ९ रन सहित कीर्तिमानी जित हात पारेको हो।
ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्धतले अष्ट्रेलियाले नेदरल्यान्ड्स सामु ४ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्स २१ ओभर खेल्दै ९० रनमै सीमित भई अलआउट भयो।
नेदरल्यान्ड्सका विक्रमजित सिंहले २५ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले सम्मानजनक रन जोड्न सकेनन्। सस्तै रनमा अलआउट पार्न अष्ट्रेलियाका आदम सम्पाले ४ विकेट लिए।
यसअघ टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल ४० बलमा शतक बनाउँदै विश्वकप इतिहासको सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान तोडे। उनले दक्षिण अफ्रिकाका एइडन मारक्रमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन्।
भर्खरै
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु
आइसिसी अध्यक्ष नेपालमा : क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
चौध वर्षपछि एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप उपाधि
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं