बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिइन् । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइन मार्फत पुरोहित भोला दाहालले गराइ रहेका थिए ।
“काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा”, घिमिरेले भनिन्, “अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ ।” डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए । नातिनीको जन्म पनि उतै भयो । तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो ।
अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रिता दाहाल पुरोहितले अनलाइन मार्फत भने अनुसारको मिल्ने सम्मका क्रियाकलापमा सहभागी भए। आज टीकाको दिन भए पनि अनलाइन मार्फत भइरहेको न्वारान हेर्न छिमेकी भेला भएका थिए ।
सनातन हिन्दू परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेको भनाई छ । वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उनको भनाइ छ । न्वारान कर्ममा सहभागी बिक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रुपमा लिन्छन् । । “प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो”, उने भने ।
अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीय जिजुआमा ईश्वरीदेवी घिमिरेको भनाई छ । उनले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको बताइन् ।
अमेरिकी रुहानी, नेपाली प्रेयङ्का
पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयङ्का राखेका छन् । “आफ्नो संस्कार अनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,” उनले भने ।
तर शिशुकी आमा रिता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिन अघि नै छोरीको नाम रुहानी राखिएको बताइन् । “बच्चा जन्मिनु अघिनै डाक्टरलाई नाम दिनुपर्ने रहेछ । जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुसी भएँ । गर्व महसुस गरेँ”, उनले भनिन्, । नामकरण गर्दा पुरोहितले भने झैँ आफै कोठामा शुद्ध पानी छर्किएको थियो ।
भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइसराइ सामान्य बन्दै गएको छ । मानिसहरु रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट सहर र सहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएको छ । भौतिकरुपमा जतिसुकै टाढिए पनि सांस्कृतिकरुपमा जोडिनका लागि भने इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाएको छ ।
शिशुका हजुरबुबा योगेन्द्र छोरा बुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि आफ्नो परम्परागत संस्कारमा उनीहरुलाई सामेल गराउन पाएकोमा खुसी व्यक्त गरेका छन् । अनलाइन मार्फत यस्ता कर्म सहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको छ । रासस
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं