विजयादशमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारण, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाइदिएका छन्। राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश, सभामुख, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारी लगायतलाई शीतल निवासमा टीका जमरा लगाइदिएका हुन्। राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका तथा जमरा लगाइ शुभकामना दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंका अवसरमा टीका तथा जमरा लगाई दिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैंको अवसरमा सर्वसाधारण तथा शुभेच्छुकहरुलाई टीका तथा जमरा लगाइदिएका छन्। महराजगन्जस्थित निर्मल निवासमा पुगेका सर्वसाधारणलाई पूर्वराजा शाहले शुभकामना दिँदै टीका तथा जमरा लगाइदिएका हुन्।
निर्मल निवासमा सर्वसाधारण तथा शुभेच्छुकहरूको लामो लाइन थियो । पूर्वराजा शाहबाट टीका प्रसाद ग्रहण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू निर्मल निवास पुगेका थिए। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सपरिवार सहित पूर्व राजा शाहबाट टीका ग्रहण गरे ।
त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पनि पूर्वराजाबाट दशैंको टीका लगाएका छन् । उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, अर्को वर्ष नारायणहिटी दरवारमा टीका लगाउन पाइयोस् । सर्वसाधारण तथा शुभेच्छुकहरुलाई टीका लगाईदिँदै पूर्वराजा शाहले नेपाली राजनीतिप्रति व्यंग्य गर्दै भने छिनछिनमा भूइँचालो आइराखेको भन्दै विचार गर्न आग्रह गरेका छन् ।
भर्खरै
एसइई परीक्षा दिन जाँदै गरेका विद्यार्थी
सेताम्मे डाँफे लेक
गोसाइकुण्ड घुम्न पुगेका पर्यटक
सगरमाथा आधार शिविर
पूजा अर्चना गर्न जाँदै राष्ट्रपति पौडेल
हिमालको काखमा याक
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं