पछिल्ला बर्षहरुमा गैरआवासीय नेपाली संघ नेतृत्व विवादमा चुर्लुम्म डुबेको छ । १० औं महाअधिवेशनका बखत नेतृत्वमै विवाद भएपछि तीनजना अध्यक्ष र दुई जना महासचिव रहने गरी जम्बो कार्यसमिति बनाइएको थियो ।
यस पटक पनि नेतृत्व चयनका बेला प्राप्त मत साटफेर भएको भनेर विवाद छ । निर्वाचन समिति र कार्यसमितिले सिस्टममा समस्या आएको भन्दै विवादबाट उम्किन खोजेको देखिन्छ । अमेरिका निवासी एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा एनसीसीका हालका महासचिव डाक्टर केशव पौडेल यस पटकको निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार थिए । पौडेललाई चुनाव स्थलमा शुन्य मत प्राप्त भएको भनिएको थियो । तर चौतर्फी बिरोध भएपछि सिस्टम लगत देखाउँदै पुन उनलाई बिजयी भएको भनिएको छ ।
डाक्टर पौडेलको नाम ग्लोबल भोटिङमा र बुथमा गलत टाइप भएको भनिएको छ । श्रोतका अनुसार यो झुठ लुकाउने प्रयास मात्रै हो । ग्लोबल भोटिङमा उनको Keshab रहेको र काठमाण्डौंस्थित होटलमा उनको नाम Keshav रहेको बताइन्छ । सिस्टममा गलत भएको भन्दै अहिले उनलाई निर्वाचित भएको भनेर घोषणा गरिएको छ । तर चुनावमा उनको नाम Keshab नै रहेको स्किृन सामाजिक संजालमा देख्न पाइन्छ ।
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं