गैरआवासीय नेपाली संघको यही अक्टोबर १७ तारिखदेखी काठमाण्डौंमा हुने ११ औ महाधिवेशनका लागि अध्यक्षमा डाक्टर बद्रि केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल केन्द्रिय उपाध्यक्ष रहेका रसिया निवासी डाक्टर केसीले संस्थागत सुधार तथा प्रवासी नेपालीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषण गरेका हुन् ।
केसीले बिहिवार गैरआवासीय नेपाली संघलाई संयुक्त राष्ट्रसंघ अन्र्तगतको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ र अन्तर्राष्ट्रिय आप्रवासी संगठनसँग सम्झौता कार्यन्वयन सहित विश्व समुदायसँग काम गर्ने महत्वकांक्षी लक्ष्य राखेका छन् ।
यस्तै डाक्टर केसीले नेपाल फर्किएका नेपालीहरुलाई अन्तर्राष्ट्रिय संघ सस्थााहरुसँग सहकार्य गरि स्वदेशमै स्वरोजगार बनाउन कार्यक्रम ल्याईने योजना बनाएका छन् । डाक्टर केसीले सुरक्षित, व्यवस्थित र मर्यादित बैदेशिक रोजगारी, नेपालमा लगानी एनआरएनए फण्ड, संस्थागत पूर्नसंरचना एवं सुदृढीकरण, ज्ञान सिप सहितको एनआरएनए लगायतका बिषय समेटेर घोषणा पत्र तयार गरेका छन् ।
राष्ट्रसंघ अन्र्तगतको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ र अन्तर्राष्ट्रिय आप्रवासी संगठनसँग सम्झौता कार्यन्वयन सहित विश्व समुदायसँग काम गर्ने महत्वकांक्षी लक्ष्य
डाक्टर केसीसँग एनसीसी रसियाको अध्यक्ष हुँदै आइसीसी सहकोषाध्यक्ष, कोषाध्यक्ष, महासविच, उपाध्यक्ष भएर काम गरेको अनुभव छ । नेपालमा हाईड्रो पावर र बैकिङ क्षेत्रमा लगानी गरेका डाक्टर केसी अनुभवी ब्यापारीमा गनिन्छन् । केसी सँगै अन्य तीन जनाले समेत अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । जापान निवासी वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ, कतार निवासी राजेन्द्रकुमार शर्मा र अमेरिका निवासी वर्तमान केन्द्रिय अध्यक्ष रबिना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । मुख्य त केसी र श्रेष्ठका बीचमा प्रतिस्पर्धा हुने बताइन्छ ।
डाक्टर केसीले घोषणा गरेको प्रतिवद्धता पत्र यस अनुसार छ ।
Badri-KC-Declaration
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं