कञ्चनपुरमा २७ वर्षीया लक्ष्मी घर्तीको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पत्रकार सम्मेलन गरेर घर्तीको हत्यामा संलग्नहरूलाई सार्वजनिक गरेको हो। कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार गत साउन ३० गते पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने सडक खण्डमा लक्ष्मी मृत अवस्थामा फेला परेकी थिइन्।
लक्ष्मीको हत्यामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–१ का २७ वर्षीय सरोज राना, सोही ठाउँका १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका–१ नौरंगाका ३३ वर्षीय सेनराज राना र पर्शु रानालाई प्रहरीले सार्वजनिक गरेको हो।
असोज १४ गते यी चार जनालाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ। यस्तै लक्ष्मी हत्याका अर्का आरोपी ३० वर्षीय राजकुमार राना भने फरार छन्। उनीहरू पाँचै जनाले सोही दिन बेलुका साढे ५ बजेतिर लक्ष्मीलाई ललाई फकाई गरेर मोटरसाइकलमा राखी जंगल लगेको प्रहरीको अनुसन्धानले देखाएको छ। लक्ष्मी मामाघर जान्छु भनेर घरबाट निस्किएकी थिइन्।
लालझाडी जंगलमा हात्ती हेर्न बनाइएको टहरामा लगेर लक्ष्मीलाई मदिरा सेवन गराएको प्रहरीले जनाएको छ। पछि टहराको तेस्रो तलाबाट लक्ष्मीलाई खसालेको प्रहरी अनुसन्धानबाट खुलेको छ
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं