एसियाली खेलकुद अन्तर्गत पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ। हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।
समूहमा नेपाल सहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम प्रतिस्पर्धामा थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो हुन सफल भयो । समूहको शीर्ष स्थान दक्षिण कोरियाले हात पार्यो । नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो । नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो।
अब नेपालले दोस्रो चरणमा भोलि समूहमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँबाट उत्कृष्ट आठ टिम तेस्रो चरणमा प्रवेश गर्नेछन्। अब समूहबाट सिधै दोस्रो चरणमा पुग्न नसकेका ११ टिमबीचको प्रतिस्पर्धाबाट ७ टिम अन्तिम १६ मा पुग्नेछन्।
तस्विर: गुगल
भर्खरै
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु
आइसिसी अध्यक्ष नेपालमा : क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
चौध वर्षपछि एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप उपाधि
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं