नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बैंकहरू मिटरब्याजी सरह भएको प्रतिकृया दिएका छन् । कांग्रेस नेता कोइरालाले कानुन अनुसार राष्ट्र बैंकले नियमन गर्ने व्यवस्था भए पनि बैंकहरुको ब्याजका कारण देशमा व्यवसायीहरु त्रसित भएको बताएका छन् ।
नेता कोइरालाले अहिले बैंकको ब्याजकै कारण व्यवसायीहरु आजित हुनुपर्ने अवस्था आएको र बैंकहरुले मिटर ब्याजीकै सरहमा व्यवहार गरिरहेको आरोप लगाए । नेता कोइरालाले मिटब्याजीलाई कारबाही गर्न कानुन बनाएर कारबाही गर्न सुरु गरिएको भएपनि देशको आर्थिक संकटलाई हेर्दा बैंकहरुको ब्यवहार संकट टार्नमा केन्द्रित नभई संकट निम्त्याउन तर्फ उद्धत रहेको बताए । बजारमा मन्दी छाएको बेला बैंकले व्यवसायीबाट १३ प्रतिशत ब्याजदर लिईरहेको उदाहरण दिँदै उनले बैंकहरुलाई सोच्न आग्रह गरेका छन् ।
देशको आर्थिक अवस्था नाजुक बन्दै गएको र देश रेमिट्यान्सबाट चल्नुपर्ने अवस्थामा रहेको बताए । उनले अहिले रेमिट्यान्स आयो भनेर सबै खुसी भएपनि त्यसबाट देश झन् आर्थिक संकटमा फस्दै जाने प्रतिकृया दिए ।
भर्खरै
“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं