गण्डकीभर स्वास्थ्य सेवा अवरुद्ध, इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

गण्डकीभर स्वास्थ्य सेवा अवरुद्ध, इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि डाक्टर आन्दोलित

mp

गण्डकी प्रदेशभर ओपिडी सेवा प्रभावित बनेको छ । ईमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प छ । बन्यो । नेपाल चिकित्सक संघले माग पूरा नभई गण्डकी प्रदेशभर सेवा दिन नसकिने बताएको छ ।

नेपाल चिकित्सक संघ, गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशिल तिमल्सिनाले विज्ञप्ती जारी गर्दै ३ बुँदे माग पूरा नहुन्जेल ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको बताएका छन् ।

अस्ति असोज ७ गते लमजुङ अस्पतालमा र हिजो असोज ८ गते मणिपाल अस्पताल पोखरामा चिकित्सकमाथि कुटपिट भएको बिरोधमा चिकित्सकहरु आन्दोलित भएका हुन् । ३ बुँदे मागमा पहिलो बुँदामा कुटपिट र अस्पताल चोडफोडमा उत्रने दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कारबाही गर्नुपर्ने रहेको छ ।

मणिपालमा चिकित्सकमाथि हमलामा प्रहरी नै संलग्न भएकाले दोषी प्रहरीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने र कारबाही गरिएको लिखित जानकारी दिन माग गरिएको छ ।

यस्तै, दोषीहरुलाई गरिएको कारबाही सम्बन्धी जानकारी नेपाल सरकारको छाप सहित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सञ्चार माध्यमद्वारा सम्पूर्ण जानकारी गराउनुपर्ने माग रहेको छ ।

एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), गण्डकीले पनि चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोडको घटनामा बिरोध जनाउँदै विज्ञप्ती जारी गरेको छ । (अफिन), गण्डकी अध्यक्ष डा. गिरधारी शर्मा र सचिव ऋषि खतिवडाद्वारा विज्ञप्ति जारी गरेका हुन् ।

हिजो मनिपाल अस्पतालमा चिकित्सक डा. अनिल शाहमाथि पोखरा ५ मालेपाटनका विनय गुरुङले कुटेपछि ठूलो भीड जम्मा पारी अस्पताल तोडफोड गरिएको थियो ।

अस्ति लमजुङ अस्पतालमा ड्यूटीमा रहेका डा. सन्दीप अधिकारीलाई बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका थिए ।

काठमाण्डौमा डाक्टरहरुको प्रदर्शन

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

उनीहरुले ‘दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट’, ‘अस्पतालमा नआउ, डाक्टर बिरामीको दुवैको ज्यान बचाउ’, ‘डाक्टर कुट्न पाइँदैन’, ‘पेशा छोडौं कि देश छोडौं’ ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् । चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल पनि भएको थियो ।

पछिल्लो समय अस्पतालमा डाक्टरमाथि कुटपिट तथा हातपातको घटना सार्वजनिक भइरहेका छन् । दुई साता अघि हेटौंडामा दुई चिकित्सक कुटिएपछि स्वास्थ्यकर्मी आन्दोलिन बनेका थिए । गत साता पनि कञ्चनपुरका स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । स्वास्थ्य केन्द्रका अहेबमाथि मध्यराति ड्युटीमा खटिएको बेला हातपात भएको हो।

प्रहरीले पक्राउ गरेका डा. बिक रिहा

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरीले नियन्त्रणमा लिएका डा. दिनेश कुमार बिकलाई रिहा गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर विकलाई रिहा गरिएको प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बिकले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा संवेदनशीलतालाई मनन गरी चिकित्सक पक्षबाट होहल्ला, नाराबाजीमा संलग्न फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेशकुमार बिकलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ।

बिरामीको अप्रेसन गरिएको जानकारी नै दिइएन, बिरामी भेट्न पनि दिइएन — आफन्त

बिरामीको आफन्तको जिकिर अर्कै छ । अप्रेसन गरिएको जानकारी नै आफूहरुले नपाएको उनीहरूले बताएका छन् । ‘एकपटक भेट्न पनि दिइएन,’ एक आफन्तले भने, ‘के के भयो भनेर बुझ्न जाँदा महिलामाथि नै डखक्टरबाट उल्टै अभद्र व्यवहार भयो ।’

तनाव उत्पन्न भएपछि जम्मा भएको भिडसँग चिकित्सकहरुको समूह आमनेसामने पनि भएको थियो । भुइँतलामा जम्मा भएको आफन्त र आक्रोशितको भिडलाई माथिल्लो तलाबाट चिकित्सक समूहबाट बोतल प्रहार गरेका थिए । शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरुलाई पनि उनीहरुले ‘हामीलाई तपाईहरुको सुरक्षा चाहिँदैन भन्दै च्याँठ्ठिएका थिए । हाम्रो मणिपालबाट तिनलाई निकाल्नोस् भन्दै अस्पतालका आवासीय र इन्टर्न चिकित्सकहरुले प्रहरीलाई थर्काएका पनि थिए ।

आफन्तहरुले चिकित्सकमाथि पनि छानबिन हुनुपर्ने माग राखेका छन् । ‘कुनुकन औषधि दिइएको थियो, अप्रेसन गर्दा किन जानकारी गराइएन, के उपचार गरिएको हो, छानबिनबाट खुल्नुपर्छ,’ उनीहरुले भनेका छन् ।

इन्स्पेक्टर मदन श्रेष्ठले भीडमा पुगेर अपशब्द बोल्दै भने – ‘डाक्टरलाई साफ चुटेर आएँ, सबलाई ढुटो बनाएर रगतै रगत बनाएर आएँ ।’

प्रहरी निरीक्षकले नै डाक्टर कुटेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ । इन्स्पेक्टर मदन श्रेष्ठले आक्रोशित भीडसामु गएर अपशब्द बोल्दै डाक्टरमाथि कुटपिट गरेको कुरा बडो शानले सुनाएका छन् । सुरक्षा दिन पुगेको प्रहरीले नै अपशब्द बोल्दै डाक्टरलाई रगताम्य हुने गरी चुटेको बताउँदा चिकित्सकहरुले असुरक्षाको महसुस गरेको बताइरहेका छन् ।

इन्स्पेक्टर श्रेष्ठले यहाँ उल्लेख गर्नै नमिल्ने अपशब्द प्रयोग गर्दै आक्रोशित भीडमा गएर भनेका छन् –डाक्टरलाई साफ चुटेर आएँ, सबलाई ढुटो बनाएर रगतै रगत बनाएर आएँ । त्यसपछि भीडबाट ताली बज्छ । खै भिडियो हेरौं भनेर भन्छन् । इन्स्पेक्टर श्रेष्ठले ल अब हल्ला नगर्नुस्, आनन्दले बस्नुस् है तपाईंहरुलाई गाली गरेको छु मैले ? भनेर बाहिरिन्छन् ।

प्रहरीको यही रबैयाका कारण हो आज डाक्टरले दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने माग प्रमुखताका साथ उठान गरेको पनि हो । हामीसँग सम्पर्कमा आएका विद्यार्थीले पनि आज अस्पताल जाने अवस्थामा आफूहरु नरहेको बताए ।

‘हिजो रातिसम्मै आतंक मच्चियो । संरक्षण गर्ने प्रहरी नै पीडक पक्षतिर लागेर डाक्टरमाथि जाइलागे । आज त पढाइ पनि भएन । हामी पनि गएनौँ । केही होस्टलमै छन् । हामी फुलबारीमा कोठा लिएर बस्छौँ । खाना खान होटलसम्म पनि निस्कन सकेका छैनौँ । निकै अशान्ति र भयको वातावरणमा छौँ ।’ ती विद्यार्थीले भने ।

बिरामीका आफन्तले भने चिकित्सकबाट आफूहरुलाई अभद्र व्यवहार भएको बताएका छन् । उपचार गर्न लगेको बिरामी भित्र लगेको केही समयपछि नै मृत्यु भइसकेको जानकारी चिकित्सकले दिएपछि आफन्त आक्रोशित बनेका थिए । ‘केही सोधपुछ गर्न लाग्दा उल्टै डक्टरहरु आएर घेर्न थाल्नुभयो,’ एक आफन्तले भने, ‘हातमा हतियार जस्ता सामान लिएर हामीलाई नै आक्रमण गर्न लाग्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
उपसभामुख विरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀