एशिया कपको उपाधि भारतले सजिलै जितेको छ। आज भएको फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो।
जितका लागि श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर १ बलमा बिना विकेटको क्षतिमा भेट्टायो। भारतको जितमा शुभमन गिलले अविजित सर्वाधिक २७ तथा इशान किशनले २३ रनको योगदान गरे।
त्यसअघि श्रीलंकाको राजधानी कोलम्बोस्थित प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ थालेको घरेलु टोलीले जितका लागि भारतसामु एकदिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा थोरै ५१ रनको लक्ष्य दिएको थियो।
एकदिवसीय ढाँचामा सबैभन्दा थोरै रन सन् १९८८ मा श्रीलंकाले एशिया कपकै फाइनलमा ४३ ओभर २ बलमा अलआउट हुँदै भारतलाई १७६ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ गरेको भारतले ३७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर १८० रन बनाउँदै ६ विकेटले जितेको थियो।
श्रीलंकाका लागि कुशल मेण्डिसले सर्वाधिक १७ र दुषण हेमन्थले अविजित १३ रन बनाए पनि अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन्।
धनञ्जय डि सिल्भा ४ तथा पाथुम निशान्का २ रन बनाएर पभेलियन फर्कंदा कुशल परेरा, चारिथ आसालान्का, दासुन शानक, मथिशा पाथिराना र सदीरा समर विक्रमाले खाता नै खोल्न सकेनन्।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा भारतीय बलर मोहम्मद सिराजले घातक बलिङ गरे। ७ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै २१ रन दिएर सर्वाधिक ६ विकेट हात पारे। हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए।
भर्खरै
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु
आइसिसी अध्यक्ष नेपालमा : क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
चौध वर्षपछि एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप उपाधि
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं